मुख गनाउने समस्या हटाउन यसो गरौँ

काठमाडौं। धेरै मानिसको मुख गनाउँछ। तर, मुख गनाउने समस्यालाई उनीहरूले धेरै सिरियस्ली लिँदैनन्। किनकि, ती मानिसलाई आफ्नो मुख गनाउने नै थाहा हुँदैन। मुख गनाउने विषय व्यक्तित्वसँग जोडिएको विषय भएकाले केहीलाई तनावको विषय बन्ने गर्दछ। कतिपय मानिस त नियमित ब्रस गर्दा पनि मुख गनाउने समस्याबाट छुटकारा पाउन सक्दैनन्।

छुटकारा पाउन यसो गरौँ

Advertisement

सुकमेललाई मुख गनाउने औषधिको रूपमा प्रयोग गर्न सक्नुहुन्छ । खाना खाइसकेपछि एउटा गेडा सुकमेल मुखमा च्याप्ने बानीले मुख गनाउने समस्याबाट बिस्तारै मुक्ति पाउन सकिन्छ ।

खानापछि धनियाँको पात चपाउने बानीले पनि यस्तो समस्याबाट मुक्ति पाउन सकिन्छ । धनियाँले सासलाई फ्रेस बनाउनुका साथै दुर्गन्ध हटाउने काम गर्छ ।

ल्वाङलाई सर्दी भगाउने उपायका रूपमा धेरैले लिने गर्छन् । तर, यसको प्रयोगले सासलाई स्वच्छ र सुगन्धित पार्न पनि मद्दत गर्दछ।

कृतिक रूपमा सास गनाउने समस्याबाट टाढा रहन पुदिनाको प्रयोग गर्न सकिन्छ। पुदिनाको पातलाई प्राकृतिक माउथ फ्रेसनरको रूपमै लिने गरिन्छ। तर, यसको नियमित प्रयोग आवश्यक छ।

अम्बा र अनार सबै ठाउँमा बाह्रै महिना उपलब्ध नहुन पनि सक्छ। तर, यसको प्रयोगले स्वस्थ श्वासप्रश्वासमा भने निकै ठूलो भूमिका खेल्छ। अम्बा र अनारको नियमित प्रयोगले श्वासलाई स्वच्छ राख्नुका साथै पाचन प्रणालीमा समेत सहयोग गर्छ।

More News last news
Loading...