ट्रायल फेल भएर हैरान हुनुहुन्छ ? यी उपाय अपनाउनुस्

काठमाडौं । अहिलेको परिवेशलाई नियाल्दा सवारीसाधन सवै मानिसको आधारभुत आवश्यकता भित्र पर्दछ। झन काठमाडौं उपत्यका जस्तो व्यस्त सहरमा त उपत्यकाका वासिलाई मोटरसाइकल, स्कुटर धेरै नै आवश्यक छ। तर ट्रायल पास गरेर लाइसेन्स लिन नसक्दा धेरै मानिस हैरान भएका छन्।

अहिले यातायात व्यवस्था विभागले लाइसेन्सका लागि अनिवार्य रुपमा अनलाइन फर्म भर्नुपर्ने व्यवस्था गरेको छ। उपत्यकाका सबैजसो यातायात कार्यालयमा मोटरसाइकल तथा स्कुटरको ट्रायल दिनेहरुको लाइन लाग्ने गरेको छ। तर सानो गल्तीका कारण मानिसहरु ट्रायलमा फेल हुँदै आएका छन्।

Advertisement

स–साना कमजोरीलाई ध्यान दिने हो भने ट्रायल सजिलैसँग पास गर्न सकिन्छ। ट्रायल सजिलैसँग पास गन ध्यान दिनुपर्ने कुराहरु यस प्रकार रहेका छन्।

आत्मबल : ट्रायल परीक्षा दिन लागेका परीक्षार्थी डराउनु हुँदैन, आत्तिनु हुँदैन । आत्मबल उच्च बनाउनु पर्छ। ट्रायल परीक्षा दिनुभन्दा पहिला सिक्ने क्रममा सजिलै पास गर्नेहरु ट्रायलमा फेल हुने गरेका छन् । कमजोर आत्मबलका कारण नै फेल हुने गरेको हो । त्यसकारण आत्मबल उच्च राखि ढुक्कसँग ट्रायल दिनु पर्दछ।

हेल्मेट तथा स्ट्याण्ड : ट्रायलमा फेल हुनुको अर्को सामान्य तर धेरैले ध्यान नदिएको कुरा हेल्मेट हो । ट्रायल परिक्षार्थिहरु हेल्मेट त लगाउछन् तर हेल्मेटको फित्ता लगाउन बिर्सन्छन् । यसकारण हेल्मेट लगाउने बित्तिकै फित्ता पनि लगाउनु पर्दछ।

ट्रायलको ‘एट’ फिगरमा प्रवेश गर्नुभन्दा पहिला मोटरसाइकल तथा स्कुटरको स्ट्याण्ड लगाउन विर्सियो भने पनि ट्रायल पास गर्न सकिदैन।

एट फिगर सम्बन्धी ध्यान दिनुपर्ने कुराहरु
ट्रायलको पहिलो सुरुवात नै एट फिगरबाट हुन्छ । एट फिगरमा छिर्दा आफूलाई सहज लागेको दाँया, बाँया जताबाट पनि छिर्न पाइन्छ । आफूलाई सजिलो लाग्नेतर्फबाट छिर्नु पर्दछ ।

मोटरसाइकल तथा स्कुटर स्र्टाट गरेर एट फिगरभित्र छिरिसकेपछि पँहेलो रेखा छुन, खुट्टा टेक्न र स्र्टाट बन्द गर्नु हुँदैन । एकपटक एट (ड) फिगर पूरा गरिसकेपछि पुनः आधा एट गर्नुपर्छ ।

ट्राफिक बत्तीसम्बन्धी नियमहरु
एट फिगर कटाएपछि अगाडि जेब्राक्रस आउँछ ।
जेब्राक्रसमा जानुभन्दा अघि ट्राफिक बत्ती हेर्नुपर्छ ।
रातो र पँहेलो बत्ती बलेमा जेब्राक्रसमलाई नछोई रोक्नुपर्छ ।
हरियो बत्ती बलेमा नरोकी अघि बढ्नुपर्छ ।
जेब्राक्रसमा गइसकेपछि जुनसुकै बत्ती बलेपनि रोक्किनु पर्दैन ।

साइड लाइटसम्बन्धी नियमहरु
एबिलप (फलेक आकार जस्तो डाँडी) को अन्तिममा पुगेर तथा यु टर्नमा छिर्नुभन्दा अगाडि कता मोडिने हो त्यहीतर्फको साइड लाइट बाल्नुपर्छ।

यु टर्न सकिनासाथ स्पीड ब्रेकरमा छुनुभन्दा अगाडि साइड लाइट अफ गरिसक्नुपर्छ।

साइड लाइट बाल्न वा बन्द गर्न बिर्सिएमा, ढिलो बन्द गरेमा, विपरित दिशाको साइड लाइट बलेमा, झुक्किएर हर्न बजेमा ट्रायल फेल हुन्छ ।

यु टर्न सम्बन्धी नियमहरु
यु टर्नको पँहेलो धर्का छुन, खुट्टा टेक्न हुँदैन ।

उकालो सम्बन्धी नियमहरु
उकालोमा दुबै धर्काहरु नछोई स्टप कतयउ लेखेको ठाउँमा रोक्नुपर्छ ।
ट्राफिक प्रहरीले अगाडि बढ्न संकेत गरेपछि मात्रै अघि बढ्नु पर्दछ ।
अगाडि बढ्दा मोटरसाइकल तथा स्कुटर पछाडि सरी पँहेलो धर्का छुनु हुदैन ।
उकालोमा रोक्दा दुबै खुट्टा तल राख्न पाइने छ । तर आफूलाई सहज लाग्छ भनेसकेसम्म एउटा खुट्टाले मात्र भुइमा टेक्ने ।
क्लच र एक्सिलेटरबाट हात नहटाउने, स्र्टाट बन्द गर्नु हुदैन ।
अगाडि बढाउँदा खुट्टा नघिसारी अगाडि बढाउनु पर्दछ ।

ओरालो सम्बन्धी नियमहरु
ओरालोमा रोक्दा अगाडीको धर्का नछोइ रोक्ने तर कतयउ लेखिएको भागलाई भने छुवाउनु पर्छ ।
ट्राफिक प्रहरीले अगाडि बढ्न संकेत गरेपछि मात्र अगाडि बढ्नु पर्दछ।
ओरालोमा रोक्दा दुबै खुट्टा तल राख्न पाइने छ । तर आफूलाई सहज लाग्छ भनेसकेसम्म एउटा खुट्टाले मात्र भुइमा टेक्ने।

रोक्दा पडाडिको चक्का नचिप्लिने गरी नियन्त्रित भएर रोक्नुपर्छ।

More News last news
Loading...