अनुहारको सफाईका लागि सबैले साबुन वा फेसवास नै प्रयोग गर्छन् भन्ने हुँदैन । कसैलाई साबुन वा फेस–वासले अनुहार धुँदा नफाप्ने अर्थात् एलर्जी हुने गर्दछ । त्यसका लागि हामी साबुनको साटो अन्य तरिका अपनाउन सक्छौ ।
– मह र कागतलाई मिसाएर पेस्ट बनाउनुहोस् र त्यसले अनुहारलाई मसाज गर्नुहोस् । १० मिनेटपछि धुनुहोस् । अनुहार सफा हुनका साथै सफा हुन्छ ।
– थोरै बेसार, चन्दन र कलिकति दुध मिसाएर २-३ मिनेट अनुहारमा समाज गर्नुहोस् । १० मिनेटपछि धुने । अनुहारको ग्लो बढ्छ ।
– त्यस्तै, राति सुत्नुअघि २/३ वटा बदामलाई दुधमा भिजाएर राख्नुहोस् । बिहान त्यसको पेस्ट बनाएर लगाउनुहोस् । ३० मिनेटमा पखाल्नुहोस् ।
– पाकेको केरा र थोरै दुधलाई मिलाएर पेस्ट बनाएर लगाउनुहोस् । त्यसलाई अनुहारमा लगाउनुहोस् र २० मिनेटपछि धुनुहोस् ।
– एक चम्चा घ्युकुमारीको जेललाई ३० मिनेटसम्म राखेर पखाल्नुहोस् । तपाईलाई कुनै साबुन वा फेसवासले अनुहार धोएको भन्दा कम महसुश हुँदैन ।
– एक चम्चा दहीमा एक चम्चा बेसार मिसाएर अनुहारमा लगाउनुहोस् । १५ मिनेटपछि अनुहारलाई धुनुहोस् ।
– तीन चम्चा कागतीको रसमा एक चम्चा बेसार मिसाएर पेस्ट बनाई लगाउनुहोस् । ३० मिनेटपछि धुनुहोस् । अनुहार सफा हुनका साथै ग्लो पनि आउँछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
