ढाड दुख्ने समस्या छ ? यी उपाय अपनाउनुहोस्

धेरैको साझा समस्या हो । लामो समयसम्म कुर्सीमा बसेर वा निहुरिएर काम गर्नुपर्नेलाई त यसले झनै सताइरहेको हुन्छ।

मांसपेशी, नशा, हड्डी तथा जोर्नीलगायतमा भएको पीडाका कारण ढाडको दुखाइ महसुस हुन्छ । ढाड दुख्ने समस्याबाट पीडित हुँदा काम गर्न निकै कठिनाइ हुन्छ । काममा मन एकत्रित गर्न पनि सकिँदैन । त्यसैले यसको कारण र समाधानबारे सचेत हुनु आवश्यक छ।

Advertisement

किन दुख्छ ढाड ?
एउटै काम पटक–पटक दोहोर्‍याएर गर्दा मांसपेशीमा दबाब पर्छ । यसबाट मांसपेशीमा चोट पर्ने वा मांसपेशी थाक्ने हुन्छ । यसबाट पिठ्युँमा दुखाइ महसुस हुन्छ। बढी गह्रौँ वस्तु उठाउँदा पिठ्युँमा बढी जोड पर्छ, जसले गर्दा दबाब परेर पिठ्युँमा पीडा महसुस हुन्छ।

पिठ्युँमा विभिन्न कारणले दबाब पर्दा मांसपेशी तन्किने, खुम्चिने तथा तनाव आउने हुन्छ। जसका कारण पनि पिठ्युँमा बढी दुखाइ महसुस हुन्छ । पिठ्युँको प्राकृतिक स्वरूपमाथि अत्यधिक दबाब वा बढी निहुरिनेलगायतका काम गर्दा पनि पिठ्युँमा दबाब बढ्न गई पिठ्युँ दुख्ने हुन्छ।

के गर्ने ?
लामो समयसम्म एउटै काम नगर्नुहोस् वा कुर्सीमा बसिनरहनुहोस् । केही बेर हिँड्ने, पाइला चाल्ने, कम्मर मर्काउनेलगायतका सामान्य व्यायाम वेला–वेलामा गर्नुहोस् । शरीरको उचित मुद्रा कायम गर्नुहोस् । बस्दा बढी कुप्रो परेर नबस्नुहोस् र लामो समयसम्म उभिएर काम गर्नुपर्दा केही बेर बस्नुहोस् र खुट्टालाई आराम दिनुहोस्। बढी गह्रौँ वस्तु नउठाउनुहोस् । उठाउँदा भित्ता अथवा अरू वस्तुको आड लिनुहोस् । अनावश्यक रूपमा झुक्ने, पिठ्युँ वा कम्मर मोड्ने तथा अनावश्यक रूपमा पटक–पटक उठ–बस नगर्नुहोस्।

More News last news
Loading...