गर्भावस्थामा पेट किन दुख्छ ?

गर्भावस्था महिलाको जिवनकै विशेष अवस्था हो । गर्भावस्थामै एउटी महिलाले आफूलाई पूर्ण भएको अनुभव गर्छिन् । महिलाले जस्तोसुकै पिडा सहेर पनि बच्चालाई जन्म दिने गर्छन्।

गर्भावस्थाको महत्व वयान गरिरहदा यसको जटिल पक्ष भने हामीले भुल्नु हुँदैन। गर्भावस्था महिलाको लागि जति सुन्दर छ, समयमै हेरचाह नपुर्‍याएको अवस्थामा त्यो दुर्घटना पनि बन्न सक्छ। यस्तो बेला गर्भवतीको विशेष हेरचाह गर्नुपर्छ । गर्भावस्थामा बारम्बार पेट दृुख्छ भने त झन बढी सतर्क हुनैपर्छ।

Advertisement

गर्भावस्थामा पेट दुखाई

सामान्यतया गर्भावस्थामा पेट दुख्नु वा पेट जकडिनु सामान्य हो । पेटमा जम्मा भएको वायुका कारण पेट दुख्नसक्छ ।

तर पेट दुख्नुमा बायुसहित अन्य कारण पनि हुनसक्छन् । पेटमा रहेको शिशुका कारण गर्भको आकार बढ्ने गर्छ । जसका कारण पेटबाहेक अन्य अंग, मांसपेशी, आन्द्रामा पनि भार पर्छ र त्यसबाट पेट दुख्ने गर्छ ।

पेटको दुखाई अधिक छ र लामो समयसम्म दुखाई कम भएन भने तुरुन्तै चिकित्सकका जानुपर्छ । अझ, पेट दुखाईका साथै ज्वरो आयो, योनीबाट रगत बग्यो, चक्कर लाग्यो र कमजोरी भयो भने विना कुनै विलम्व अस्पताल जानुपर्छ ।

इम्प्लान्टेसन

सामान्यतया गर्भको प्रारम्भीक अवस्थामा भ्रुण पाठेघरको पर्खालमा गएर बस्ने गर्छ, जसका कारण पनि कसै कसैलाई पेट दुख्ने गर्छ । यसलाई चिकित्सकीय भाषामा ‘इम्प्लान्टेसन’ भन्ने गरिन्छ । कहिलेकाही ‘इम्प्लान्टेसन’सँगै योनीबाट रगत समेत बग्ने गर्छ ।

कब्जियतको समस्या

गर्भावस्थाका क्रममा कहिलेकाही पाठेघरको दवाव आन्द्रामा पर्छ र त्यसले कब्जियतको समस्या ल्याउनसक्छ । गर्भावस्थामा कब्जियतबाट बच्न प्रशस्त मात्रामा पानी पिउनुपर्छ। अनि पर्याप्त मात्रामा हरिया रेशेदार सागसब्जी खानुपर्छ।

लेवर पेन

गर्भावस्थाको अन्तिम चरणमा जब प्रसुतीको समय आउँछ, त्यतिबेला पेटमा छुट्टै किसिमको पिडा महसुस हुन्छ । यस्तो दुखाई हरेक पाच मिनेटमा महसुस हुन्छ र पिडादायक हुुन्छ।

यसको साथै, योनीबाट पानी तथा रगत बग्न थाल्छ । कहिलेकाही यस्तो पिडा प्रसुती अवस्था सुरुहुनु केही दिन पहिलेबाटै हुन थाल्छ, जसलाई ‘पि्रम्याचुअर लेवर पेन’ पनि भनिन्छ।

More News last news
Loading...