तपाईं कसरी खाना खानुहुन्छ, ढिला या छिटो ? यो हो सही तरिका

एजेन्सी । तपाईं कसरी खानुहुन्छ ? छिटो, ढिला या ठीक्कैसंग । खाने तरिका सबैको आ–आफ्नो हुन्छ । तर, यदि तपाईं मोटोपनाबाट पीडित हुनुहुन्छ भने ढिला खानुस् । ढिला खाए मोटोपना रोक्न सकिन्छ भन्ने तथ्य जापानी अनुसन्धानकर्ताहरुले पत्ता लगाएका हुन्।

जापानमा ६ वर्ष लगाएर ५९ हजार ७ सय १७ जनामा गरेको अनुसन्धानले छिटो–छिटो खाना खाने मानिसमा भन्दा ढिला या सामान्य हिसाबले खाने मानिसमा मोटोपना हुने सम्भावना कम भएको देखाएको हो।

Advertisement

अध्ययनमा छिटो खाना खान्छु भनेर बताउने ४४.८ प्रतिशत मानिस मोटोपनाको समस्याबाट पीडित थिए भने ढिला खान्छु भन्ने २१.५ प्रतिशत अन्यको तुलनामा कम मोटा थिए।

जापानीहरुले टाइप टु डाइबिटिज भएका मानिसको स्वास्थ्य परीक्षण गरेर अनुसन्धान गरेका थिए । उनीहरुले छिटो खाना खाने या डिनर पछि स्न्याक्स खाने जस्ता अन्य बानीले मोटोपनालाई असर परे नपरेको बारे जान्न चाहेका थिए। अध्ययनका क्रममा केहीमानिसले आफ्नो खाने गतिमा परिवर्तन गरे। त्यसक्रममा ढिला खाने बानी भएका मानिसमा मोटोपना हुने सम्भावना कम भएको पाइयो । ‘तर खाने बानी परिवर्तन मोटोपना घटाउने रणनीतिका रुपमा प्रयोग गर्न सकिन्छ कि सकिदैंन भनेर यो अध्ययनबाट भन्न सकिदैंन,’ अध्ययनकर्ताहरु भन्छन्।

तर भन्न सकिनेकुरा के हो भने ढिला खाँदा हामीले अघाएको थाहा पाउँदै जान्छौं र कम खान्छौं । चाँडो खाँदा भने अघाएको संकेत दिने हार्मोन नै निस्कन पाउँदैंन । यस्तै, बिस्तारै खाँँदा खानाको क्यालोरी पनि घट्न सहयोग गर्छ । तर अध्ययनका क्रममा क्यालोरीबारे भने हेरिएको थिएन।

जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको सहयोगमा क्युशु विश्वविद्यालयका विज्ञहरुले यो अनुसन्धान गरेका थिए । अध्ययनको नतिजा बीएमजे जर्नलमा प्रकाशित छ । (एनएचएस अनलाइनबाट)

More News last news
Loading...