भिडियोमा हेर्नुहोस् यसरी जलाईन्छ अर्बोँको नेपाली पैसा

काठमाडौँ । झुत्रा, मैला, च्यातिएका, लेखिएका तथा अङ्गभङ्ग भएका नोटहरू केन्द्रीय ब्याङ्कको मुद्रा व्यवस्थापन विभाग र उपत्यका बाहिरका सातवटा स्थानमा जम्मा गरिँदै आएको छ।

राष्ट्र ब्याङ्कको ढुकुटीमा पुगेका नोटबाट सफा नोट अर्थात् चलनचल्तीमा आउन सक्ने नोटलाई सेतो ट्याग लगाएर पुन भुक्तानी दिइन्छ वा बजारमा पठाइन्छ। तर म्याद गुज्रिएका वा झुत्रा नोटमा भने रातो ट्याग लगाएर जलाउन सञ्चित गरिन्छ।

Advertisement

राष्ट्र ब्याङ्कले जलाउनका लागि नोटहरू छुट्याएपछि रु ५०० र १००० दरको नोटको गड्डीमा चारैतिर प्वाल पारिन्छ। तर साना दरका नोटमा भने प्वाल पारिँदैन।

प्वाल पार्नुअघि दुई पटकसम्म नोटहरूको गणना हुने अधिकारीहरूको भनाइ छ। नेपाली सेनाको सुरक्षामा ती नोटहरू थापाथलीस्थित भट्टीसम्म पुर्‍याइन्छ।

जलाउनुअघि र्‍यान्डम स्याम्प्लिङ विधिबाट पाँच प्रतिशत नोटमा नमुना परीक्षण गरेर जलाउने प्रक्रिया सुरु हुन्छ।

More News last news
Loading...