‘मत ढले ढले’ की गायिका शान्तारानीले ल्याइन् तीज गीत “मेरी रानी” (भिडियोसहित)

काठमाडौँ l लोकप्रिय गीतकार अनिल खनालको शब्द रचनामा तयार भएको नयाँ तीज गीत ‘मेरी रानी’ सार्वजनिक भएको छ। तीज पर्वको अवसर पारेर सार्वजनिक गरिएको यस गीतमा गायक तथा संगीतकार हेमराज डाँगीको लय, संगीत संयोजन, मिक्सिङ तथा माष्टरिङ रहेको छ।

शान्ता रानी परियार र हेमराज डाँगीको सुमधुर स्वरमा सजिएको यो गीत महक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो। शान्ता रानी परियार यसअघि ‘म त ढले ढले’ , शिरफूल शिरको जस्ता चर्चित गीतमार्फत चर्चा कमाएकी गायिका हुन्।

Advertisement

गीतको भिडियो पक्षमा पनि सशक्त प्रस्तुति देख्न पाइन्छ। दिनेश सिंह ठकुरीको निर्देशनमा तयार भएको भिडियोको सम्पादन राजेश कुमारले गरेका छन् l सरोज साहीले खिचेको भिडियोमा हेमराज डाँगी स्वयं र पार्वती श्रेष्ठको अभिनय रहेको छ।

‘मेरी रानी’ बोलको यो तिजे गीत hemraj dangi युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । यो गीतले समावेश भाव र प्रस्तुतिले तीजको माहोल झल्काउने मात्र होइन, समसामयिक प्रेमभावनालाई पनि सशक्त रूपमा चित्रण गरेको देखिन्छ।

More News last news
Loading...