कपालमा पर्ने चायाँ कसरी हटाउने ?

चायाँ घुलो धुँवा, पानी अनि हामीले प्रयोग गर्ने साबुन वा स्याम्पु वा अन्य कारणबाट पनि हुनसक्छ। तपाईंको कपालमा पनि चाया परेको छ भने तपाईंले यी उपाय अपनाउँदा फाइदा हुन्छ।

अण्डाको पहेँलो भागमा अमिलो दही मिसाउने र कपालमा लगाएको आधा घण्टा पछि पखाल्ने।
कागतीको रसमा मरिच मिसाउने र कपालको जरा सम्म लगाउने।

Advertisement

अमिलो दहीमा बेसन मिसायर कपालमा लगाउने अनि एक घण्टा पछि कपाल पखाल्ने।

ग्लिसिरिङ र गुलाब जल मिसाएर हरेक बिहान कपालमा लगाउने र केही बेर पछि कपाल धुने।

नरिवलको तेलमा कपुर मिलाएर कपालको जरा सम्म पुग्ने गरी मसाज गर्ने। केहि समय यसो गरेमा तपाईको कपालको चाया कम हुँदै जान्छ।

तोरीको तेलले कपाल मसाज गर्ने। मसाज गरेको आधा घण्टा पछि तातो पानीमा तौलिया भिजाएर राम्रोसंग निचोर्ने अनि कपालमा बेर्ने। यसो गर्दा कपालको रोमछिन्द्र खुल्छ । यसो गरेको १५ मिनेट पछि कपाल नुहाउने।

चकन्दरको पातलाई पानीमा उमाल्ने। उमालेको पानीले कपाल नुहाउनाले पनि चाया कम हुन्छ।

More News last news
Loading...