महिलाहरु पुरुषको कपडा र हेयरस्टाइलमा मात्र ध्यान दिँदैनन् । महिलाहरु पुरुषको यस्ता थुप्रै कुराहरु याद गर्छन् जसबारे पुरुषहरुलाई पनि थाहा हुँदैन ।
१. पुरुषको यी कुरा महिलाहरुबाट लुक्न सक्दैनन्ः महिलाहरुले पुरुषको थुप्रै कुरा याद गरिरहेकी हुन्छिन् । ती महिला तपाईंको पार्टनर, आमा, साथी जो पनि हुनसक्छन् जसले तपाईंमाथि निगरानी राखिरहेकी हुनिछन् । आउनुहोस्, यस्ता ८ कुराबारे थाहा पाऔं।
२. नाकको रौंः तपाईंलाई लाग्न सक्छ शरिरको जताततै साना साना रौंहरु पलाउने समस्या तपाईंको बुवा अथवा हजुरबुवामा मात्र छ । तर, यस्तो होइन । धेरै पुरुषहरुको कम उमेरदेखि निकै नाकभित्र साना साना रौं उम्रिन थालेका हुन्छन् । पछि त्यो रौं नाक बाहिर पनि देख्न थाल्छ ।
महिला पुरुषको नाकको यी रौंलाई तुरुन्त या दगर्ने गर्दछन् । त्यसकारण पुरुषले यसबारे बिचार पुर्याउन आवश्यक छ।
३. ब्ल्याकहेड्सः यद्यपी ब्ल्याकहेड्स सधैं फोहोरका कारण आउँछ भन्ने छैन तर यसले तपाईंको सुन्दरतालाई पक्कै पनि बिगार्ने गर्दछ। यी ब्ल्याकहेड तपाईंको गाला र नाकमा मात्र आउने नभइ चिउँडो र कानमा पनि हुने गर्दछ। महिलाहरुसँग तपाईंको ब्ल्याकहेड्स लुक्न सक्दैन । त्यसकारण आफ्नो व्यक्तित्व र प्रभावलाई खराब हुनबाट बचाउनुहोस्। यी ब्ल्याकहेड्सका लागि केही गर्नुहोस् तर यसलाई हातले निचोर्ने काम भने कहिले नगर्नुहोस्।
४. सासको दुर्गन्धः जब तपाईं आफ्नो पार्टनर नजिक हुनुहुन्छ तब तपाईंको सास उनीसम्म पुगिहाल्छ। यस्तोमा यदि तपाईंको सासबाट दुर्गन्ध आउँछ भने तपाईंकी महिलाले यो कुरा अवश्य पनि ख्याल गर्नेछिन्। त्यसकारण आफूलाई सासको दुर्गन्धबाट टाढा राख्नुहोस्। आफ्नो दाँत र मुखको सफाईमा ध्यान दिनुहोस् र हरेक ६ महिनामा डेन्टिस्टलाई भेट्न जानुहोस्।
५. ब्लेडले काटिएको घाउः तपाईंले गलत तरिकाले दाह्री काटेको तपाईंको अनुहारले पुष्टि गर्छ। महिलाहरु पुरुषको अनुहारमा दाह्री काट्दा लाग्ने चोटलाई याद गर्छिन्। त्यसकारण दाह्री यसरी काट्नुहोस् कि तपाईंको अनावश्यक कपाल फालियोस् तपाईंको छाला होइन।
६. शरिरको दुर्गन्धः व्यायाम गर्दा पसिना बगाउनु ठिकहो तर यसले तपाईंको शरिरमा दुर्गन्ध निम्त्याउँछ भने तपाईंको अगाडि कोही पनि महिला बस्न नै चाहदिँनन्। त्यसकारण आफ्नो सफाइको निकै ध्यान दिनुहोस्। नियमित रुपमा नुहाउनुहोस् र नुहाउँदा साबुन अथवा स्याम्पुको प्रयोग गर्नुहोस्। यसका साथै आफ्नो बेडसिट र रुमाल पनि सफा राख्नुहोस्।
७. निकै धेरै परफ्युमः कोही पुरुषको आवश्यकता भन्दा बढि परफ्युम लगाउने बानी नै हुन्छ। उनीहरुलाई लाग्नसक्छ कि यस्तो गदो धेरै महिलाहरुले उनलाई मन पराउँछन् तर यस्तो होइन। महिलाहरु उनीहरुलाई यसकारण याद त गर्छन् तर उनीहरुलाई यो मनपर्दैन। त्यसकारण जतिबेला परफ्युम लगाउनुहुन्छ, सात इन्च पर राखेर लगाउनुहोस्।
८. चायाँः महिला पुरुषको काँधमा खसेको चायाँलाई सजिलै नोटिस गर्दछन्। एउटा कुरा त पक्का हो, महिलालाई चायाँ मनपर्दैन त्यसकारण उनीहरु यस्ता समस्या भएको पुरुषबाट टाढा रहन चाहन्छन्। त्यसकारण आफ्नो चायाँको समस्याको विशेष ध्यान दिनुहोस्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
