यसकारण जाडोमा सेवन गरौं ड्राइफ्रुट्स

चिसोकै कारण रुघाखोकी, ज्वरो, लगायतको विभिन्न समस्या देखिने गर्दछ । त्यस्तै, जीउ, दुख्ने, जीउ सुन्निने, लगायतको समस्या हुने गर्दछ।

विभिन्न पोषण तत्वयुक्त ड्राइफ्रुट्सको सेवनले शरीरलाई चिसो लाग्नबाट जोगाउँछ । साथै, शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

Advertisement

एन्टि एजिङ र भिटामिन बिको स्रोतः काजु

जाडोमा काजु खानु निकै उपयुक्त मानिन्छ । बच्चादेखि बुढासम्मलाई मनपर्ने काजुमा एन्टी एजिङ्ग तत्व, भिटामिन बी लगायतका विभिन्न पोषण तत्व रहेको हुन्छ । जाडो मौसममा दैनिक काजुको सेवन गर्ना अनुहारलाई चाउरी पर्न दिदैन । साथै, अनुहारको छालालाएई ताजा राख्छ । त्यसैले त काजुको लेप बनाएर अनुहारमा समेत लगाउने गरिन्छ ।

त्यस्तै, काजुले शरीरको व्लड कोलेस्ट्रोल तथा व्लड शुगरलाई समेत नियन्त्रित गर्छ । साथै तौल कम गर्न, टाउको दुखेकेा तथा रक्तचापको समस्या कम गर्न समेत काजु उचित मानिन्छ ।

सर्वगुणी, बदाम

बदाम सर्वगुणी मानिन्छ । प्रोपटिनयुक्त बदाममा अनेकौ गणु पाइन्छ । यसमा फ्याटी एसिड हुनुका साथै प्रशस्त मात्रामा फाइबर पाइन्छ। बदामले मुटु स्वस्थ्य राख्न मद्दत गर्नुका साथै यसलाई कपालमा तेलको रुपमा तथा अनुहारमा फेस मास्कको रुपमा समेत लगाउन सकिन्छ।

खाली पेटमा दैनिक ४ वटा बदामको सेवनले मुटु रोगको आंशका कम गर्छ । साथै, दैनिक रुपमा बदामको सेवनले शरीरको कोलेस्ट्रोल कम गर्नुका साथै मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ ।

त्यतिमात्र होइन, यसले रगतमा हेमोग्लोविनको मात्रा बढाउनुका साथै रक्तसञ्चारलाई नियन्त्रित गर्छ । जाडोमा दैनिक बदाम खानाले रगतमा अल्फा टोकोफेरालको मात्रा बढ्ने गर्छ । यसले उच्च रक्तचापलाई नियन्त्रण गर्न मद्दत मिल्छ । जाडोमा महिनामा यसको सेवनले अनुहार चाउरी पर्न दिदैन र छालामा चमक ल्याउँछ ।

ओमेगा ३ फ्याटी एसिडाको लागि ओखर

जाडो मौसममा दैनिक रुपमा ओखर खानाले रोग प्रतिरोधात्मक क्षमता बढ्छ । यसले शरीरलाई संक्रमणबाट जोगाउनुका साथै कयौ विमारीहरुबाट शरीरलाई बचाउँछ ।

ओखरमा ओमेगा ३ फैटी एसिड तथा एन्टीअक्सीडेन्ट तत्व हुने भएकोले यसले शरीरको रक्तसञ्चारलाई मजबुत बनाउँछ । साथै, दिमागलाई तेजिलो बनाउन मद्दत गर्छ । यसको दैनिक सेवनले जाडोमा ब्रेन स्ट्रोक हुनबाट शरीरलाई जागाउँछ ।

एन्टिअक्सिडेन्टको स्रोत अन्जिर

ड्राइफ्रुट्समा हुने विभिन्न फलहरुमध्य अंजीर पनि एक हो । जाडोमा दैनिक अंजीरकेा सेवनले शरीरमा क्यान्सर रोगको जोखिम कम हुने गर्छ । यसमा पाइने एन्टीअक्सीडेन्ट तत्वले शरीरमा क्यान्सर रोगको कोषिका बन्नबाट जोगाउँछ ।

More News last news
Loading...