मिर्गौला खराब पो हुँदैछ कि ? यी संकेतले त्यस्तै जनाउँछ

तपाईको शरीरले तपाईलाई के कस्ता संकेत दिइरहेका छन्, कहिल्यै याद गर्नु भएको छ ? किनकी व्यस्त दिनचर्याका कारण हामी यति धेरै व्यस्त हुन्छौ कि हामी शरीरले दिएको केही संकेतलाई समेत वेवास्ता गर्न पुग्छौ।

परिणाम, हाम्रो दिमागले लाखौ सुचनालाई त आफूमा संशोधित गर्छ। शरीरले पनि दिमागले जारी गरेको सुचनालाई आत्मसाथ गरेर लाखौ काम गर्छ। तर कार्य व्यस्तताका कारण शरीरले नै दिएको संकेतलाई भने वेवास्ता गर्छौ । जसका कारण पछि गएर गम्भीर रोगको शिकार हुन्छौ। त्यसैले, तपाईहरुको शरीरले पनि यस्ता केही संकेत दिइरहेको छ भने, यसलाई विर्सेर पनि वेवास्ता नगर्नुहोला। किनकी यही संकेतले संकेत दिनसक्छ की तपाईको मिर्गौलाले सही तरीकाले काम गरिरहेको छैन।

Advertisement

सुत्नमा समस्या

जब मिर्गौलाले राम्ररी काम गर्दैन, तब शरीरको विषाक्त पदार्थ मुत्र नलीबाट बाहिर निस्कन नसकेर रगतमै तैरिने गर्छ । र, रगतमा विषाक्त पदार्थको मात्रा बढी हुन्छ, तब सुत्दा अप्ठेरो महसुस हुन्छ । यही कारणले गर्दा निद्राको कमी भएमा मिर्गौलाको कार्य प्रणालीमा गिरावट आउने गर्छ ।

त्यसैले, मिर्गौला सम्बन्धि गम्भीर समस्या हुने व्यक्तिलाई स्लिप एप्नियाको समस्या हुने गर्छ । स्लिप एप्निया एक प्रकारको विकार हो, जसले गर्दा सुतेको समयमा एकाध पटक सास फेर्नमा कठिनाई हुने गर्छ । र, सास अड्किएको अनभुति हुन्छ । यस्तो समस्या केही सेकेन्डदेखि एक मिनेटसम्म हुनसक्छ । प्रत्येक विराम पश्चात्त श्वास प्रस्वास प्रक्रिया घुराईका साथ सामान्य स्तरमा फर्किने गर्छ । यदी घुराई निरन्तर भएमा कम्तीमा एक पटक चिकित्सकीय सल्लाह अवश्य लिनु पर्छ ।

थकान तथा कमजोरी

स्वस्थ एवं सही तरीकाले काम गर्ने मिर्गौलाले शरीरमा भिटामिन ‘डी’लाई परिवर्तित गरेर हड्डी मजबुत सहयोग गर्छ । साथै, एरिथ्रोपोइटिन नामक हर्मोनको स्राव गर्छ । रातो रक्तकोषिका निर्माण यस हर्मोनको महत्वपूर्ण भूमिका हुन्छ । र, जब मिर्गौलाले सही तरीकाले काम गर्दैन तब एरिथ्रोपोइटिन नामक हर्मोनको स्राव कम हुन्छ । अक्सिजनको प्रवाह गर्ने रातो रक्तकोषिकाको उत्पादनमै मै र्‍हास आउँछ । परिणामस्वरुप, शरीरको मांसपेशी तथा मस्तिष्कले थकान महसुस गर्छ ।

त्यसैले, मिर्गौलाको समस्या हुनेमा रक्तअल्पत्रा हुनु ‘आम’ हो । २० देखि ५० प्रतिशत मिर्गौलाले काम गर्ने व्यक्तिमा पनि रक्तअल्पत्राको समस्या हुनसक्छ । र, पर्याप्त निद्राका बाबजुद पनि थकावट हुन्छ, र शरीरमा उर्जाको स्तर भई कमजोरी महसुस हुन्छ भने विना ढिलासुस्ती तुरुन्तै चिकित्सकका जानुपर्छ।

छाला सुख्खा भएमा वा चिलाएमा

स्वस्थ मिर्गौलाले रगतमा भएको विषाक्तलाई हटाएर रातो रक्तकोषिको उत्पादन गर्छ । शरीरमा खनीज पदार्थको स्तरलाई व्यवस्थित राख्न सहायता प्रदान गर्छ । जबकी शरीरमा खनीज पदार्थको स्तरलाई कायम राख्न तथा आवश्यक पोषण तत्व प्रदान गर्न छाला सुख्खा हुने तथा चिलाउने गर्छ । जुन मिगौला फेलियरको संकेत हुनुका साथै हड्डी तथा मिर्गौला रोगको कारक हुनसक्छ ।

त्यसैले, छाला सुख्खा हुने तथा चिलाउने समस्या छ भने पर्याप्त मात्रामा पानीको सेवन गरौ । र, छाला चिलाएमा कुनै औषधी लिनु अघि चिकित्सकसित परामर्श गरौ । किनकी केही औषधीमा यस्ता तत्व हुन्छ जसले मिर्गौलाको कार्यमा र्‍हास ल्याई मिर्गौला विर्गान तथा मिर्गौला फेल गराउन सक्छ ।

सास गनाएमा र जिब्रोको स्वाद बद्लिएमा

जब रगतमा विषाक्तमा संचित हुन्छ, तब भोजनको स्वाद बदलिन सक्छ । र, मुखमा कुनै धातुको स्वाद महसुस हुनसक्छ । किनकी सास गन्हाउनु भनेको रगतमा विषाक्त धेरै हुनुको संकेत हो । त्यसबाहेक, मासु हेर्न मन नलाग्ने तथा खान मन नलाग्ने हुनसक्छ, जसका कारण तौल कम हुने गर्छ ।

हुन त एलर्जी, औषधीको सेवन तथा मुखको समस्याका कारण पनि खानामा धातुको स्वाद आउन सक्छ । र, यस्ता समस्या सामान्य उपचारद्धारा पनि कम हुन सक्छ । त्यसका बाबजुद पनि यो समस्या रहिरहे तुरुन्तै चिकित्सकलाई देखाउनु पर्छ । किनकी यो मिर्गौला सम्बन्धि रोगको संकेत हुनसक्छ ।

सास फेर्नमा समस्या

मिर्गौलाको समस्या र श्वास प्रस्वास सम्बन्धि समस्या बीच ठूलो सम्बन्ध हुन्छ । त्यो पनि दुई प्रकारबाट । पहिलो मिर्गौला सम्बन्धि समस्या भएमा शरीरको अतिरिक्त तरल पदार्थ फोक्सोमा पुग्ने गर्छ । अर्को, शरीरमा अक्सिजनको कमी हुने गर्छ । परिणामस्वरुप श्वास प्रस्वास सम्बन्धि समस्या हुने गर्छ ।

चेतावनी : श्वास प्रस्वास सम्बन्धि समस्या हुनुमा मिर्गौला फेल, फोक्सोको क्यान्सर तथा दम लगायत कयौ कारण हुनसक्छ । तर सानो प्रयास गर्दा पनि सास फेर्नमा कठिनाई हुन्छ भने तुरुन्तै चिकित्सकका जानु पर्छ । किनकी यो मिर्गौलाको समस्या हुनसक्छ ।

हात खुट्टा सुन्निए

मिर्गौलाले सही तरीकाले काम नगरेमा शरीरमा विषाक्तता जम्मा हुने गर्छ । जसका कारण शरीरमा सोडियमको मात्रा बढेर हात, खुट्टा,पैताला सुन्निने गर्छ । हुन शरीरको तल्लो भाग सुन्निनुमा मुटु तथा कलेजो सम्बन्धि रोग पनि कारक हुनसक्छ । तथापी, औषधी लिएर, नुन कम गरेर पनि यो समस्या कम गर्न सकिन्छ । यसका बाबजुद पनि यो समस्या रहिरहे यसको बेग्लै उपचार गर्नुपर्छ।

ढाडको समस्या

मिर्गौलाको समस्याले पनि ढाड दुख्ने समस्या बढाउन सक्छ । यस्तो दुखाई हिप वरिपरि पनि हुनसक्छ । विशेषगरी मिर्गौलामा सिस्ट-(ट्यूमर जस्तै ससाना फोका)भएमा ढाड तथा खुट्टा दुख्ने गर्छ ।

यदी ज्वरो, वान्ता सहित विरामी महसुस भएमा, लगातार पिसाब लागेमा, निरन्तर ढाड दुखेमा तथा ढाड दुख्ने समस्या निश्चित भएमो यो सुनिश्चित गर्न जरुरी छ कि कतै मिर्गाैलाको समस्या त छैन ?

पिसाबको रङ बदलिएमा

पिसाब उत्पादन गर्न तथा रगतबाट विषाक्त हटाउन मिर्गौलाले महत्वपूर्ण कार्य गर्छ । पिसाब गर्ने समयमा बदलाव आउनु , पिसाबको रङ बदलिनु, गन्हाउनु तथा पिसाबको मात्रा तलमाथि हुनुलाई कुनै हालतमा पनि बेवास्ता गर्नु हुँदैन । किनकी यसले पनि मिर्गौला फेल भएको संकेत दिन सक्छ ।

मृगौलालाई प्राकृतिक रुपमै सफा गर्ने यस्तो विधी

हामीले देख्दै, सुन्दै, भोग्दै आएका छौ, मृगौला खराब भएर उपचारका लागि सहयोग जुटाइरहेको । मृगौलाले जब काम गर्न छाड्छ, तब शरीरभित्र विषाक्त पदार्थ जम्मा हुन थाल्छ । यसले अन्य अंगहरुलाई पनि हानी पुर्‍याउँछ । अन्ततः मृत्युको मुखमा पुर्‍याउँछ ।

मृगौलाको उपचार जटिल छ । खर्चालु पनि । त्यही कारण यसले आर्थिक रुपमा टाट पल्टाउँछ । त्यसैले यस्तो रोग लागेर उपचार खोज्नुभन्दा, रोग लाग्न नदिनु नै उत्तम हो ।

मृगौलाको काम शरीरमा रगतलाई शुद्धिकरण गर्ने हो । अतिरिक्त पानीलाई पिसाबको माध्यामबाट बाहिर निकाल्नु हो । रक्तचाप नियन्त्रित राख्न वा शरीरमा रहेको रसायनको स्तर सही बनाएर राख्नु हो । अतः यति महत्वपूर्ण भूमिका भएको मृगौलालाई स्वस्थ्य राख्नुपर्छ । यसका लागि खानपानको खास महत्व छ।

प्रोटिनयुक्त खानेकुरा

यदि नन भेजिटेरियन हो भने डाइटमा चिकेन, अन्डा, माछा सामेल गरौ । भेजिटेरियन हो भने प्रोटिनले भरपूर खानेकुरा सेवन गरौ । जस्तो, सीमि, अन्न, दुधजन्य पदार्थ आदि ।

नुन एवं सोडियम कम गरौ

उच्च रक्तचाप नियन्त्रण गर्न एक व्यक्तिलाई दिनमा २ हजार ३ सय मिलिग्राम्स सोडियमको आवश्यक्ता हुन्छ । शरीरमा नुन र सोडियमको मात्रा सन्तुलन गर्नका लागि फास्ट फूड एवं फ्रोजन फूड खान हुँदैन । आफ्नो डाइटममा कम सोडियमयुक्त पदार्थ जस्तो कि, नरिवल पानी, करेला, चिकन, माछा, सीमि आदि सामेल गरौ ।

तरल पदार्थको सेवन

शरीरको विषाक्त पदार्थ बाहिर निकाल्नका लागि मृगौलालाई तरल पदार्थको आवश्यक्ता हुन्छ । यसका लागि दिनभरमा कम्तिमा डेढदेखि दुई लिटर पानी पिउनुपर्छ । शारीरिक रुपले बढी सक्रिय व्यक्तिले यो भन्दा बढी पानी पिउनुपर्छ । साथै अन्य तरल पदार्थ जस्तो कि, जुसको सेवन गरौ।

यस कुराको पनि ख्याल गरौं

– धेरै पेनकिलर प्रयोग गर्दा त्यसको सोझो असर मृगौलामा पर्छ । सकेसम्म पेन किलर्स प्रयोग नगरौ ।

– यदि मृगौलाको कुनै समस्या छ भने राती सुत्नुअघि केहि दाना किसमिस भिजाएर राख्ने । बिहान उठेपछि किसमिसलाई पानीबाट निकालेर उक्त पानी पिउनुपर्छ । यस्तो क्रम केहि दिन दोहोर्‍याएपछि मृगौलाको रोग ठिक हुन्छ ।

– रगतमा ग्लुकोजको स्तर बढ्दा मधुमेह जस्तो रोगको खतरा हुन्छ । साथै मृगौलाको आन्तरिक नली पनि नष्ट हुन्छ। यदि उक्त नलीमा हानी भयो भने रगत सही ढंगले फिल्टर हुन पाउँदैन । त्यसैले स्वस्थ्य मृगौलाका लागि मधुमेहलाई पनि नियन्त्रण गरौं ।

– निस्क्रिय जीवनले पनि मृगौलाको समस्या ल्याउँछ । त्यसैले सक्रिय रहने कोशि गरौं । नियमित व्यायाम, योगा, ध्यान गरौं।

– मसलेदार, अपच हुने, तारेको खानेकुरा सेवन नगरौं । बरु ताजा फलफूल, सागसब्जी सेवन गरौ।

– मदिराजन्य पदार्थ सेवन नगरौं । शुद्ध पानीको मात्रा बढाउनुपर्छ ।

More News last news
Loading...