महिलालाई किन धेरै तनाव हुन्छ ? यस्तो छ कारण

कामको व्यस्तता र दौडधुप, कार्यलय जाने आउने चिन्ता, बच्चाको हेरविचार, उनीहरुको पढाईको चिन्ता, परिवारको खर्च आदी केही यस्ता कारण छन् जसले पुरुषलाई भन्दा धेरै महिलाहरुलाई तनाव दिन्छ।

यी कुराहरु बाहेक हार्मोनको सन्तुलन विग्रने, मौसम परिवर्तन आदि कुराहरु कुनै महिलाको जीवनमा डिप्रेशनको कारण बन्छन्।

Advertisement

गर्भधारणको समयदेखि नै महिलाहरुको मस्तिस्कमा छोरा हुन्छ कि छोरी भन्ने चिन्ताले डेरा जमाउँछ । परिवारका वृद्धवृद्धाहरुले छोरा होस् भन्ने चाहना राख्छन् जसले उनीहरुको तनावलाई अझै बढाउँछ ।

खासमा यो कुरा वैज्ञानिक तथ्य हो। छोरा वा छोरी हुनमा कुनै पनि महिलालाई जिम्मेवार ठहर्याउन सकिँदैन तर पनि हाम्रो समाजमा अनपढ मात्रै होइन पढेलेखेका मानिसहरु पनि छोरी भएमा आमालाई दोषी मान्छन्।

सत्य कुरा भन्ने हो भने महिलाहरुमा तनावको सुरुवात जन्म देखि नै हुन्छ र उनीहरुको उमेरको साथसाथै बढ्दै जान्छ। राम्रो पढेलेखेको भएपनि मनपरेको जागिर नपाइने, जागिर पाए पनि समयमा सफलता नमिल्ने, घर बाहिरको काम बीच तालमेल नमिल्ने आदी कारणले पढेलेखेका युवतीहरु पनि तनावले घेरिएका हुन्छन।

मनोवैज्ञानिकहरुको शोधअनुसार कुनै प्रतियोगितामा असफलता भएमा पनि महिलाहरुमा छिटै निराशाको कारण तनावले घेरिन्छन्।

चिन्ता, दुख र दबाबले पनि उनीहरुमा तनाव पैदा हुन्छ । यो कुनै रोग होइन । परिस्थितीसँग तालमेल मिलाउन नसक्नु, परिवार र साथीहरुबाट चाहिएको बेलामा सहयोग नमिल्नु, हार्मोनमा गडबडी हुने आदि कारणले कुनै पनि महिलाको जीवनमा तनाव उत्पन्न हुन सक्छ ।

रक्सी वा अन्य नशा, आफ्नो कुनै रोगको सहि किसिमले उपचार नहुने आदी पनि तनावको लागि जिम्मेवार छ । कैयौं पटक महिलाहरुमा अवकाश पछि यो अवस्था पैदा हुन्छ ।

यी हुन् तनावको लक्षण

स्मरणशक्ति कमजोर हुनु, सास फेर्न समस्या हुने, भोक कम लाग्ने, शारीरिक क्षमता कम हुने, काममा मन नलाग्ने जस्ता लक्षणहरुले मानिसमा तनावको संकेत गर्छ ।

टाउको दुख्ने, धेरै पसिना आउने, मुख सुक्ने, बारम्बार पिसाबको इच्छा, यी लक्षणहरुको चपेटामा आउने मानिसहरुले आँफैलाई परिवार वा समाजमा बोझ सम्झिन्छन् ।

उनीहरु धेरै कोसिस गर्दा पनि समस्याको समाधान सम्म पुग्न सक्दैनन र आफ्नो विश्वास गुमाउँछन् र विस्तारै विस्तारै निराशातर्फ बढ्न लाग्छन् ।

तनावलाई कसरी भगाउने ?

जीवनमा धेरै पटक यस्तो मौका आउँछ जतिखेर निराशासँग संर्घष गर्नुपर्छ । जीवनको महानता कठिनाइहरुसँग सामना गर्दै आफ्नो लक्ष्य सम्म पुग्नको लागि उत्साहसँग अगाडि बढ्दै जानुमा छ ।

यसखालको काम गर्नुहोस् कि थाक्नुभन्दा पहिले नै त्यसले तपाईंलाई आराम मिलोस । उदास वा थकित देखिएमा व्यक्तिमा तनाव वा अपराधको भाव पैदा हुन्छ ।

राम्रो निन्द्रा नआउनाले पनि धेरै नोक्सान हुन्छ । गहिरो निन्द्राको लागि संगीत सुन्न ठिक हुन्छ, यसले तनाव पनि कम गर्छ । सुत्नभन्दा पहिले पुस्तकहरु पढ्नु पनि राम्रो बानी हो । यसले पनि राम्रो निन्द्रा आउँछ।

धेरै निराशाले हिन भावनालाई जन्म दिन्छ। आफ्नो सोच सकरात्मक राख्नुहोस् । जे तपाइर्ं सँग छैन वा जुन कुरा तपाईंको वशमा छैन त्यसको लागि चिन्ता नगर्नुहोस् । आफ्नो साथमा जे छ त्यसमा खुसी रहनुहोस्।

खानपानमा पनि ध्यान दिन जरुरी छ। फलफूल र सब्जीहरुसको सेवनले रोग प्रतिरोधक क्षमतालाई विकसित गर्छ । महिनावारीको समयमा महिलाको शरीरमा क्याल्सियमको मात्रा कम हुन्छ जसले जस्टियोपोरोसिस अर्थात हड्डीको रोग हुने सम्भावना बढ्छ।

यसैले क्याल्सियम र भिटामिन डि जस्ता पोषक तत्व आफ्नो खानामा समावेश गर्न नभुल्नुहोस् । नियमित व्यायाम गर्ने बानी बसाउनुहोस्।

More News last news
Loading...