जन्ती बोकेको बसमा करेन्ट लाग्दा ७ को मृत्यु, ५ जना घाइते

धनुषा । जिल्लाको सबैलाबाट जन्ती लिएर सिन्धुली फर्कंदै गरेको बसमा करेन्ट लाग्दा ७ जनाको मृत्यु भएको छ।

५ जना घाइते छन्। धनुषाको सबैला नगरपालिका–४ स्थित जन्ती आएको बसमा सवार यात्रुको मृत्यु भएको सङ्घीय प्रहरी इकाइ जनकपुरका प्रहरी नायव महानिरीक्षक हरिबहादुर पालले बताएका छन्।

Advertisement

उनका अनुसारआधा दर्जन बढीघाइते भएका छन्।करिब ८ : १५ को समयमा विद्युत् हाइटेन्सन लाइनको तारले बा ५ ख १७५२ नम्बरको बस छोएपछि यात्रुलाई करेन्ट लागेर ज्यान गएको हो।

सिन्धुलीका वर्ष ९ का आक्रोश कुँवर, वर्ष २२ की पूजा अधिकारी, उमेर खुल्न नसकेकी लिला अधिकारी, धनुषा सबैला ४ पटेर्वाका केशव वेरी कुँवरलगायतको मृत्यु भएको हो।प्रहरीले घटनास्थलमा उद्धार गरिरहेको छ।

प्रहरीका अनुसार बसको छतमा राखेको टिनको बाकसमा ११ हजार भोल्टको करेन्ट लाग्दा उक्त घटना भएको हो।जानकारी अनुसार बसमा सबैला नगरपालिका ४ बल्टीयाका रामभरोस दनुवारकी छोरीको विहेबाट फर्किदै गरेका जन्तीहरु चढेका थिए ।

प्रहरी नायव निरीक्षक मुक्तिनारायण यादवले भने बसमा करेन्ट लागेर ६ जनाको मृत्यु भएको र दर्जन बढी घाइते भएको बताएका छन् ।

More News last news
Loading...