नङको काम हात-खुट्टाका औलाको सौन्दर्य बढाऊने मात्र होइन। यसले शरीरभित्र लुकेर रहेका बिभिन्न रोगबारे संकेत पनि दिने गर्छ। नङमा आउने रङको परिवर्तनले शारीरिक तथा मानसिक स्वास्थ्यबारे जानकारी दिन्छ भन्ने।
यदि नङमा सेतो दाग, गुलाबीपना या धर्सो देखिएमा त्यो कुनै गम्भीर रोगको संकेत पनि हुन सक्छ । लिभर, मुटु, फोक्सो, छाला एवं मानसिक स्वास्थ्य समस्या सम्बन्धि समस्याको संकेत नङले पनि दिने गर्छ। त्यसैले, विरामी जाँचको क्रममा उसको हात, खुट्टाका औलाका नङको परिक्षण गरिन्छ। होमियोप्याथिक चिकित्सा पद्दतिमा बिरामिको नङको रङ परिवर्तन हुनुलाई बिषेश महत्व दिईन्छ।
थाइराइडको समस्या
-स्वस्थ नङ सिधा र दाग-धब्वारहित हुन्छ। तर, नङ छोटो समयमै भाँचिने, चर्कीने सुख्खा हुने भएमा त्यो थाइराइड हर्मोन असन्तुलनको लक्षण हुन सक्छ। थाइराइडको कारण नङ झर्नेजस्ता समस्एया पनि हुन्छ। थाइरायडहार्मोनस असंतुलनकोसंकेत गर्दछ।
नङ चिरिएको वा रङ पविर्तन भएर पहेलो भएको छ भने त्यो फंगल इनफेक्सनको कारण पनि हुन सक्छ।
छालाको क्यान्सर
नङको भित्रपट्टी कुनै गहिरो रगंको धर्सा देखिएमा सचेत हुनुपर्छ । यस्तो भएमा जतिसक्दो चाडो स्वास्थ्य परीक्षण गर्न जरुरी हुन्छ । किनभने यस्तो कालो धर्सा छालाको क्यानसरको संकेत पनि हुन्छ।
त्यस्तै, नङको रङ परिवर्तन भएर पहेलो भएमा त्यो अन्य क्यानर जस्तो घातक रोगको पनि लक्षण हुन सक्छ। नङको रङ निलो हुँदै गएको छ भने त्यो मुुटु रोगको लक्षण हो।
फोक्सोको समस्या
कतिपयको नङको आकार परवर्तन भएर घडिको शिशाजस्तो हुने गर्छ । यसले क्ष्यरोग, फोक्सोको टियुमरजस्ता समस्यातर्फ पनि इंगित गर्छ । त्यस्तै, नङ चम्चा आकारको भएमा त्यसले छाला सम्बन्धि रोग तथा मानशिक समस्यातर्फ संकेत गर्छ।
वंशाणुगत समस्या
यदि नङमा डाँडाको टुप्पाजस्तो खस्रो धर्सा देखिएको छ भने त्यो प्राकृतिक या वशांनुगत रोगको संकेत हुन सक्छ। त्यति मात्र नभएर यस्तो रङले अर्थराईटिस, कोलाईटिस, जस्ता रोग हुनसक्ने पनि सम्भावना देखाउँछ।
नङको रङ निलो हुदै गईरहेको छ भने अक्सिजनको कमी, स्वासप्रश्वासको समस्या वा मुटु रोगको कारण पनि हुन सक्छ।
मधुमेह
बेलाबखत नङको रङ आधा गुलाबि र आधासेतो देखिन सक्छ । यस्तो रङले मधुमेहको संकेत गर्छ। नङ निकै सेतो देखिएको छ भने एनिमिया पनि भएको हुन सक्छ।
इतिहास
चिकित्सा शास्त्रको इतिहास हेर्ने हो भने, प्राचिन कालमा आजको जस्तो रोग निदानका आधुनिक उपकरण थिएनन्। त्यतिबेला आयुर्वेदिकले रोगीको शारीरिक निरीक्षणको क्रममा नाडी, जिब्रो र हात खुट्टाका नङलाई हेरि रोग पत्ता लगाउने गर्थे। उनीहरुले यसकै आधारमा गम्भीर रोगको समेत सफल उपचार गर्थे।
जब सन् १७९० मा होमियोप्याथिक चिकित्साको बिकास भयो, त्यसपछि रोगीको अन्य परीक्षण गराउनुका साथै हात-खुट्टाका नडङको बिभिन्न अवस्थालाइ मध्येनजर राखेर, नङको रुप, रङ, आकार, परिवर्तनको आधारमा पनि रोगको पहिचान गर्ने र त्यसैअनुसार सफल उपचार गर्दै आइरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
