यो बिहेको महिला हो । गर्मी होस् वा जाडो, जुनकुनै समयमा पनि बेहुली मेकअपको स्टेप एउटै हुन्छ । तर, गर्मीमा जस्तो पानी र पसिनाको सामना गर्नु नपर्ने तथा स्किन भने केही फुस्रो हुने भएकाले जाडोको मेकअपमा विशेष कुरामा ध्यान दिनुपर्छ । नङपालिस बेहुलीले पानीमा काम धेरै गर्नुपर्ने हुन्छ।
हिन्दू संस्कार अनुसार पटक-पटक नुहाउनुपर्ने हुन्छ। सामान्य खालको पालिस नुहाउँदा या पानीमा काम गर्दा खुइलिने हुन्छ। यस्तो हुँदा पालिस धेरै पटक लगाइराख्नु हुन्छ। त्यसैले बेहुलीले जेल पालिस प्रयोग गर्नु राम्रो हुन्छ। अहिले जेल पालिसको ट्रेन्ड छ। जेल पालिसले बेहुलीको इच्छाअनुसार नेल आर्ट गर्न पनि सकिन्छ। जेल पालिस लगाएको तीन महिनासम्म रहि रहन्छ।
प्राय: बेहुलीहरुले रातो पालिस प्रयोग गर्दा उपयुक्त हुन्छ। बेहुलीले अनुहार, आँखा र ओठको मेकअप कसरी गर्ने चिसो महिनामा अनुहार ड्राई हुन्छ। अनुहार धेरै ड्राई छ भने बेहुली हुनुभन्दा अघिल्लो दिन राति नै गिल्सिरिन र रोजवाटर मिक्स गरेर अनुहारमा लगाउँदा राम्रो हुन्छ। यसो गर्दा छालाको सुक्खापन केही हदसम्म कम हुन्छ । मेकअप सुरु गर्नुअघि छालाको अवस्थाअनुसार सामान्य क्लिन्जिङ प्रयोग गरेर अनुहार सफा गर्नुपर्छ । अनावश्यक रौँ छन् भने पनि हटाउनुपर्छ।
सफा अनुहार सुक्खा पारेर स्किन प्राइमर र मोस्चराइजर लगाउने। जाडोमा मोस्चराइजर अनिवार्य आवश्यक पर्छ । आँखाको तल डार्क सर्कल छ भने एल्लो कन्सिलरले छोपिदिने। पूरै अनुहारमा पेनस्टिक ‘ए’ र ‘बी’ मिक्स गरेर हल्का चिसो स्पन्जले ब्लेन्ड गरिदिने, तर यो स्किन टोनसँग म्याचिङ हुनुपर्छ । पेनस्टिक (ई)ले नाक, निधार, जलाइन र ब्लसर प्वाइन्ट बनाउने । पूरै अनुहारमा पेनकेक लगाएर हल्का चिसो स्पन्जले ब्लेन्ड गरिदिने। ह्वाइट र एल्लो लुज पाउडर फुल फेसमा लगाएर ब्रसले मिलाउने।
हाइलाइटिङ प्वाइन्टमा पिंक र गोल्ड मिक्स सिमर पाउडर लगाउने । गालामा मरुन कलरको ब्लसर गर्ने र लिक्विड ब्लन्जरले सेटिङ मिलाउने । जाडोमा पाउडरभन्दा लिक्विड ब्लन्जर ठीक हुन्छ । गालाभन्दा माथि हाइलाइटर पनि लिक्विड बेसमै लगाउने । आँखाको इनर कर्नरमा रेड, ओरेन्ज तथा आउट कर्नरमा लाइट, ग्रिन, ब्ल्याक, डार्क ब्राउनजस्ता स्याडो भर्ने । आइबलमा गोल्डेन टचअप गरिदिने । आइबोनमा गोल्डेन या सिल्भर कलरको हाइलाइटरले भरिदिने।
आइब्रो डिफाइनिङ पाउडर या आइब्रो पेन्सिलले आइब्रोज डिफाइन गरेर ट्रान्सपरेन्ट मस्कारा लगाइदिने । ब्ल्याक जेल आइलाइनर लगाइदिने । आइल्यासेसमा ट्रान्सपरेन्ट मस्कारा लगाउने र टेम्पोररी ल्यासेस लगाइदिने । लिपस्टिक पनि मरुन अथवा रेड कलरको लगाउने । यसमा गोल्डेन लिपब्लस लगाउँने । गाजल लगाउन छुटाउँ हुँदैन । अन्त्यमा मेकअप फिक्सर गरेर चटअप गरिदिने । बेहुली जुरो जुरो बनाउँदा बेहुलीको शारीरिक उचाइ र अनुहारको सेपलाई आधार मानेर बनाउँनु पर्छ।
अग्लो शरीर छ भने जुरो होचो खालको बनाउँदा राम्रो हुन्छ । धेरै पफ उठाउनु हुँदैन। यसले बेहुलीको उचाइ मेन्टेन गर्छ। यस्तै, होचो कदकी बेहुलीले जुरोको हाइट बढाउनुपर्छ। उचाइ र अनुहारसँग मिल्ने गरी केही अग्लो जुरो बनाएर पफ माथि उठाइदिएपछि हाइट राम्रो देखिन्छ।
यस्तै, अनुहारको बनोट लाम्चो छ भने होचो देखाउने गरी जुरो तयार पार्नुपर्छ। बेहुलीको मेकअप गर्दा नै केही कटिङ गरेर फेस मिलाउनुपर्छ। अनुहारको बनोट गोलो छ भने फेस मेकअपमै हल्का कटिङ गरेर केही पातलो लुक्स निकाल्दा राम्रो हुन्छ। यसपछि मात्रै थोरै लाम्चो आकारको जुरो बनाउनुपर्छ। अन्य खालको अनुहारको सवालमा भने बेहुलीको हाइटमै विशेष ख्याल दिए पुग्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
