गर्भवती भएको समयमा यौन सम्पर्क राख्नु हुन्छ कि हुँदैन, जानी राखौँ

काठमाडौँ । गर्भवती अवस्थामा यौन सम्पर्क राख्दा धेरै सावधानी अपनाउनु पर्छ । एकपटक गर्भ खेर गएकाहरुले यस्तो अवधिमा यौन सम्पर्क नराख्नु नै उचित हुन्छ।

अन्यले पनि यस्तो अवस्थामा यौन सम्पर्क नराख्नु राम्रो मानिन्छ तर यौन सम्पर्क राख्नै परेपनि पेटमा दबाब नपर्ने गरी राख्नुपर्छ।

Advertisement

गर्भ रहेको पहिलो तिन र अन्तिम तिन महिनामा यौन सम्पर्क राख्दा जोखिम बढी हुन्छ । गर्भ रहेको पहिलो तिन महिनामा यौन सम्पर्क राख्दा बच्चा खेरजाने सम्भावना अधिक हुन्छ भने पछिल्लो तिन महिनामा यौन सम्पर्क राख्दा बच्चा समय नपुगी जन्मने वा बच्चा खेरजाने दुबै जोखिम रहन्छ।

गर्भावस्था विशेष अवस्था भएकाले चिकित्सकको निगरानीमा रहनुपर्छ । यस्तो अवस्थामा साना समस्या देखिएपनि तुरुन्तै अस्पताल जानुपर्छ । गर्भावस्था खुसी रहने महिलाले स्वस्थ बच्चा जन्माउने विभिन्न अनुसन्धानले देखाएको छ।

More News last news
Loading...