काठमाडौँको तारकेश्वरमा बर्ड फ्लू भेटियो, हाँस कुखुरा नष्ट गरिँदै

काठमाडौँ । काठमाण्डौको तारकेश्वर नगरपालिकामा बर्ड फ्लू फेला परेको छ।

तारकेश्वर नगरपालिकास्थित वडा ६ धर्मस्थली क्षेत्रमा पालिएको हाँसमा वर्ड फ्लू भेटिएको हो।

Advertisement

स्वास्थ्य सेवा विभाग अन्तरगत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसको पुष्टि गरेका छन्।

त्यस क्षेत्रका किसान हिरा तामाङले पालेको हाँसमा बर्ड फ्लू भेटिएपछि हाँस र कुखुरा नष्ट गर्ने काम भइरहेको तारकेश्वर नगरपालिकाका नगरस्वास्थ्य प्रमुख अरुणकुमार गिरीले जानकारी दिए।

त्यस क्षेत्रमा भएका करिब पाँच हजार हाँस र कुखरा नष्ट गर्ने तयारी भइरहेका उनले जानकारी दिए।

तारकेश्वर नगरपालिका, स्वास्थ्य क्षेत्रका प्रतिनिधी र स्थानीयको रोहबारमा हाँस र कुखुरा नष्ट गरिएको गिरीले बताए ।
नष्ट गरेबापत हाँसपालक किसानलाई ७५ प्रतिशत क्षतिपूपर्ति दिने निर्णय भइसकेको उनले बताए ।

बर्ड फ्लूको संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै बर्ड फ्लूविरुद्धको औषधिउपचार लगायत आवश्यक सामग्रीको वन्दोवस्तीसहि नारकेश्वर नगरपालिका तयारी अवस्थामा रहेको गिरीले जानकारी दिए ।

 

More News last news
Loading...