फेसबुक लाईभ गर्दै गर्दा पत्रकारको हत्या

निकारागुवा । निकारागुवामा एक पत्रकारको हत्या भएको छ । सरकारविरुद्ध हुँदै आएको प्रदर्शनका क्रममा फेसबुक लाईभ गरिरहेका पत्रकारको गोली हानी हत्या गरिएको हो ।

स्थानीय संचारमाध्यमका अनुसार स्थानीय पत्रकार तथा एल मेरिदिआनो कार्यक्रमका निर्देशक एन्जेल गहोनाको हत्या भएको हो । दक्षिणी क्यारेबियाली तटमा रहेको ब्लुफिल्ड्स सहरमा हत्या हुनुअघि उनी फेसबुकमा प्रत्यक्ष (लाइभ) रिपोर्टिङ गरिरहेका थिए ।

Advertisement

सामाजिक संजालमा उनले हत्या हुनुअघि तयार पारेको भिडियो भाइरल भएको छ । भिडियोमा उनी सरकारविरोधी प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले मेयर कार्यालयमा पुर्‍याएका क्षतिबारे बताइरहेका देखिन्छन्।

अचानक गोली लागेर उनी ढल्छन् । गोली कसले चलाएको हो भन्ने प्रष्ट हुन सकेको छैन । गत बुधबारदेखि निकारागुवामा सामाजिक सुरक्षा र पेन्सनमा सुधारका लागि सरकारलाई दबाब दिन प्रदर्शन हुँदै आएको छ। – एजेन्सी

More News last news
Loading...