पार्टी एकताका विषयमा प्रचण्डको नयाँ खुलासा

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले २२ अप्रीलकै दिन पार्टी एकता गर्ने सझदारी भएको बताएका छन्। प्रचण्ड निवास खुमलटारमा रौतहटका पार्टी कार्यकर्ताको पुनर्मिलन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकताको दिन नेपालबाट शान्ति, समृद्धि र एकताको सन्देश दिने योजना रहेको बताए।

‘अहिले आन्तरिक तयारी गर्ने र प्रधानमन्त्रीजी भारत भ्रमणबाट फर्केर आएपछि एकताको कुरा टुङ्गााएर २२ अप्रीलका दिन एकता गर्ने समझदारी बनेको छ’, प्रचण्डले भने, ‘त्यो दिन लाखौँ जनताको उपस्थितिमा नेपाल नयाँ युगतिर प्रवेश गरेको सन्देश दिन्छौं । २२ अप्रीलका दिन शान्ति, समृद्धि र एकताको सन्देश नेपाल र विश्वभरि दिने योजना छ।’

Advertisement

कार्यदलले बुझाएको प्रतिवेदनमा उत्पीडित वर्गको मुक्तिका लागि जनयुद्धको ऐतिहासिक भूमिका रहेको कुरा उल्लेख रहेको जानकारी दिँदै प्रचण्डले भने, ‘अब चुनाव चिन्ह र बराबरीको कुरा टुंगेपछि एकता हुन्छ।’

रौतहटबाट दुई दर्जन कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्। नवआगन्तुकहरुलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले नयाँ पार्टीमा रुपान्तरित भएपछि देश र जनताका धेरै समस्या समाधान हुने भएकाले अब निरास नहुन आग्रह पनि गरे।

More News last news
Loading...