यो हो चाँडै चाउरीपना (बुढ्याैली) हुनबाट बचाउने अचुक घरेलु बिधि !

आँखिर बुढौली हुने चाहना कस्को होला र ? सबैले चाहन्छन्, धेरैपछि सम्म पनि आफु चाउरी पर्नबाट रोकिएर बुढ्याैली हुनबाट बचुँ । तर उमेरसँगै बुढौली बढ्दै जान्छ । तर कसैलाई चाँडै बुढौली पनाले समात्छ । यसका लागि हामीले केही घरेलु उपायहरु अपनाएर बुढ्याैली पनालाई अलि टाढा सम्म धकेल्न सक्छौँ ।

मेवा : पाकेको मेवाको पेस्ट बनाएर अनुहार र घाँटीमा लगाउने र १५ मिनेटपछि धुने ।

Advertisement

काँक्रो : काँक्रोको पेस्ट बनाएर अनुहारमा लगाई १५ मिनेटपछि धुने ।

भुइँकटहर : पाकेको भुइँकटहरको पेस्ट बनाइ अनुहारमा लगाउने र १० मिनेटपछि धुने ।

दूध पाउडर र मह : एक कप मनतातो पानीमा चार चम्चा दूध पाउडर र दुई चम्चा मह मिसाई अनुहारमा लगाउने र सुकेपछि पखाल्ने ।

कागती र मह : कागतीको रस र महको पेस्ट बनाई अनुहारको मसाज गर्ने र १० मिनेटपछि धुने । यसो गर्दा अनुहारको चाउरी हराउँदै जान्छ ।

जैतुनको तेल : जैतुनको तेलले पाँचदेखि १० मिनेटसम्म बिस्तारै अनुहारको मसाज गर्ने र त्यसपछि अनुहार धुँदा पनि चाउरी कम हुँदै जान्छ ।

नरिवल तेल : दुई चम्चा नरिवलको तेललाई मनतातो बनाएर अनुहार मसाज गर्ने गर्नाले पनि चाउरी कम हुन्छ ।

केरा : पाकेको केराको पेस्ट बनाइ अनुहारमा लगाउने र ३० मिनेटपछि धुने ।

गोलभेँडा : पाकेको गोलभेँडाको पेस्ट बनाई अनुहारमा दलेर १० मिनेटपछि पखाल्ने । यसले पनि चाउरी कम गर्न मद्दत गर्छ ।

More News last news
Loading...