काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीको आलोचना गरेका छन्। ओलीले संघीय प्रणालीको गम्भीर उलंघन गरेको भन्दै उपेन्द्र खनिएका हुन्।
आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले बोक्सीको आरोपमा कुटपीट गर्नेमाथि कारर्वाही गर्न प्रहरीलाई निर्देशन दिएको भनि आदेश दिनु संघीय प्रणाली उलंघनको उदाहरण भएको तर्क गरे।
सम्बन्धित प्रदेशको अधिकारमाथि हस्तक्षेप गर्न प्रधानमन्त्रीले नमिल्ने यादवको दाबी छ। अध्यक्ष सांसद रेशम चौंधरीलाई पक्राउ गर्ने अधिकार केन्द्र सरकारलाई नरहेको पनि तर्क गरे।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
