काठमाडौं । ट्राफिक प्रहरीले शनिबार काठमडौंका विभिन्न सडकबाट ५१ वटा सरकारी सवारी साधन नियन्त्रणमा लिएको छ।
सार्वजनिक बिदाका दिन पनि दुरुपयोग गरी चलाइएका सरकारी सवारी साधन नियन्त्रणमा लिइएको हो।
गृहमन्त्री रामबहादुर थापाले सरकारी सवारी साधन दुरुपयोग गरेको भेटिए ठाउँको ठाउँ कब्जामा लिन शुक्रबार ट्राफिक प्रहरीलाई निर्देशन दिएपछि शनिबारबाटै कारबाही अघि बढेको हो।
शनिबार २० चारपाङ्ग्रे गाडी र ३१ वटा मोटरसाइकल नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
