विमान दुर्घटनाको अनुसन्धान जहाज निर्माता कम्पनीले पनि गर्ने

काठमाडौं । क्यानेडियन कम्पनी बम्बार्डियरले नेपालमा सोमबार भएको यूएस बंगला एयरको जहाज दुर्घटनाको अनुसन्धान गर्ने भएको छ।

बम्बार्डियरले निर्माण गरेको जहाज नेपालसहित पछिल्लो दुई दिनमा दुईपटक दुर्घटनामा परेपछि कम्पनीले नै अध्ययन अनुसन्धान गर्ने भएको हो।

Advertisement

यस्तै, बंगलादेशका नगारिक उड्डयनमन्त्रीले पनि जहाज दुर्घटनाका् जाँचबुझमा सघाउने वचन दिएका छन्।

आइतबार इरानमा दुर्घटना भएको २४ घण्टा नबित्दै काठमाडौंमास्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सोही कम्पनीबाट उत्पादित जहाज दुर्घटनामा परेपछि अन्तर्राष्ट्रिय जगतमै गम्भीर चासो उत्पन्न भएको छ।

गत आइतबार इरानमा टर्किस बिजनेसम्यानको परिवार सवार रहेको निजी जहाज दुर्घटनामा परेको थियो । दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो। यस्तै, काठमाडौंमा सोमबार भएको दुर्घटनामा परेर हालसम्म ५१ जनाको मृत्यु भएका छ। आजको कारोबार दैनिकले खबर छापेको छ।

More News last news
Loading...