बंगालबाट उडेर आयो आँसुको आँधी…

प्राय : बंगालबाट उडेर आउने समुद्री हावाले नेपालमा पानी पार्छ। सोमबार दिउँसो भने बंगालबाट उडेको जहाले राजधानीमा आँसुको बर्षा गरायो।

ढाकाबाट ३३ नेपालस्हित ७१ जना लिएर उडेको जहाज त्रिभुवन विमानस्थलमा अवतरण हुने क्रममा दुर्घटनाग्रस्त हुँदा नेपाल शोकमा डुब्न पुग्यो।

Advertisement

विमानस्थलमा जहाजबाट निस्केको धुवाँको मुस्लो उड्दै गर्दा नजिकै रहेको काठमाडौं मेडिकल केएमसी अस्पतालमामा दुर्घटनामा परेकाहरुको आफन्तका आँखाबाट आँसुको बर्षा भईरहेको थियो ।

ती आफन्तको मात्र होइन, विमानबाट निस्केको धुवाँले मामनेपालीको मन पोलिरह्यो । अस्पताल पुगेका कोही आफन्त घाईतेको उपचार भईरहेको कक्षा चहाँर्दै थिए ।

कोही शव चिन्ने प्रयासमा थिए ।

कोही भने अस्पताल प्रशासनले दुर्घटनाका मृतक तथा घाईतेको जानकारी दिन भित्ताामा टाँसेको नामावली नियाल्दै थिए ।

दुर्घटनलगत्तै अस्पताल प्रवेशद्धारमा घुईचो थियो ।

कतिपय रँदैकराउँदै विलाप गरिरहेका थिए ।

कतिपय ब्यक्ति रुँदारुदै प्रियजनको शोकमा बेहोससमेत भए ।, आजको नागरिकमा यो खबर छ ।

More News last news
Loading...