फोरमबाट को-को बन्दैछन् मन्त्री, को हुन् दाबेदार ?

वीरगन्ज। संघीय समाजवादी फोरम नेपाल संघीय सरकारमा जाने बातावरण बन्न लागेपछि पार्टीभित्र मन्त्री बन्नेको रस्साकस्सी सुरु भएको छ। पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवसहित १६ जना सांसद रहेका पार्टीभित्र आकाक्षीहरु धेरै छन्।

पर्साबाट क्षेत्र नम्बर १ बाट निर्वाचित साँसद जिल्ला अध्यक्ष प्रदीप यादव प्रबल दावेदार देखिएका छन् र बाराबाट निर्वाचित साँसद पार्टी महासचिव रामसहाय यादवको नाम चर्चामा छ।

Advertisement

गत मधेस आन्दोलनमा वीरगन्ज र यहाँस्थित नाकामा धर्ना, प्रदर्शन र बिरोधका कार्यक्रमहरु जगाई राख्ने मुख्य सुत्राधार बनेका पर्साका साँसद यादव अहिले मन्त्रीका दावेदार देखिएका हुन्।

पछिल्लो समयमा पार्टीलाई देशभरीकै तुलनामा पर्सा जिल्लामा अग्रस्थानमा राख्न सफल भएपछि उनको दावेदारी कायम भएको नेताहरुको भनाई छ। पछिल्लो उपब्धिकै भरमा उनले केन्द्रीय समितिमा रहेका अरु नेताहरुलाई टक्कर दिने हैसियतमा पुगेका हुन्।

स्थानीय तह निर्वाचनमा वीरगन्ज महानगरपालिका सहित उनले पर्साका १४ मध्ये ४ मा पार्टीलाई जित दिलाउदै जिल्लाको पहिलो पार्टी मात्र बनाउन सफल भएनन, जिल्ला समन्य समितिमा पनि पार्टीलाई नेतृत्वमा पुर्याए। त्यसपछिको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) गठबन्धको कब्जा कायम गराएर आफ्नो क्षमता प्रदर्शन गरिसकेका छन्।

जिल्लामा उनी सहित फोरम नेपालका ३ जना र राजपाका एक जना गरी चारै सिट गठबन्धनले जित्नुमा उनको ठुलो भुमिका रहेको पार्टीका वीरगन्ज महानगरअध्यक्ष मुकेश द्विवेदी बताउँछन्।

त्यस्तै प्रदेश सभामा जिल्ला अध्यक्ष यादवकै क्षेत्रबाट प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीसहित फोरम राजपाले ८ मध्ये ६ सिट जितेका छन्।

‘पार्टीलाई देश र प्रदेशमा एउटा उचाइमा पु-याउन पर्साको अहम भुमिका छ, यसमा नेतृत्वकर्ता रहेका साँसद यादवको मुल्यांकन पार्टीले गर्नै पर्छ,’ फोरम नेपाल पर्साका कार्यावाहक अध्यक्ष सुन्दर प्रसाद कुर्मीले भने, ‘पार्टी यसमा चुक्यो भने कार्यकर्ता बिद्रोहमा उत्रिने छन्, हामी पनि रोक्न सक्दैनौं।’ साँसद यादवले आफ्नो दावेदारीलाई स्वभाविक बताउदै पार्टी र नेतृत्वपक्तिको निर्णय समुचित हुने बताए।

त्यस्तै पार्टीका महासचिव रामसहाय यादव आफै केन्द्रीय पदाधिकारी भएकोले उनी पनि दावेदारको रुपमा चर्चामा परेका हुन्। बाँकेबाट निर्वाचित साँसद इस्तियाक राई पनि चर्चामा छन्।
(नागरिक दैनिक)

More News last news
Loading...