विश्व वरीयतामा नेपाली सेना ९७ स्थानमा, अमेरिका पहिलो

काठमाडौं । सैन्य शक्तिको दृष्टिले नेपाल विश्वको ९७ औं स्थानमा परेको छ। सन् २०१७ मा विश्वभरका एक सय ३३ मुलुकको सैन्य शक्ति र हातहतियारलाई आधार मानेर गरिएको वर्गीकरणमा नेपाल सो स्थानमा परेको हो।

यो वर्ष नेपालले गत वर्ष भन्दा एक स्थान सुधार गर्दै ९८ औं स्थानमा आएको हो। गत वर्ष एक सय २६ मुलुकको सैन्य शक्तिलाई विश्लेषण गरी सार्वजनिक गरिएको सूचीमा नेपाल ९८ औ स्थानमा थियो।

Advertisement

विश्वभरका आधुनिक हतियार रसैन्य शक्तिको विश्लेषण गर्ने ‘ग्लोबल फायर पावर’ (जीएफपी) ले यस्तो वर्गीकरण गरेको हो । वर्गाीकरणमा अमेरिका पहिलो स्थानमा छ। त्यस्तै रुस दोस्रो स्थानमा परेको छ भने नेपालका दुई छिमेकी देश चीन र भार क्रमश : तेस्रो र चौथो स्थानमा रहेका छन्। (नागिरक दैनिक)

More News last news
Loading...