नेपाली टिममा आज व्यापक परिवर्तन

ठमाडौं । विश्वकप छनोट अन्र्तगतको आफ्नो तेस्रो खेलमा शनिबार नेपालले अफगानिस्तानको सामना गर्दैछ। जिम्बावेको बुलावायोस्थित एथ्लेटिक क्लबको मैदानमा नेपाल टस जितेर ब्याटिङ रोजेको छ।

नेपालले अफगानिस्तान सँगको खेलमा दुईवटा परिबर्तन गरेको छ। ओपनर दिलिप नाथको स्थानमा अनिल साहले ओपनिङ गर्नेछन । त्यस्तै अलराउण्डर शरद भेसावकर आज प्लेइङ ११ मा परेका छैनन्।

Advertisement

उनको ठाउँमा तिब्र गतिका बलर करण केसीले टिममा स्थान बनाएका छन् । शरद माङ्शपेसीको चोटका कारण आजको खेल खेल्न नसकेका हुन । नेपालको तर्फबाट आज विकेट किपरको भूमिका अनिल साहले निर्वाह गर्नेछन।

नेपालकाे प्लेइङ ११
ज्ञानेन्द्र मल्ल, अनिल साह, (विकेट किपर), पारस खड्का (कप्तान), दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, रोहितकुमार पौडेल, सोमपाल कामी, बसन्त रेग्मी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी ।

More News last news
Loading...