विश्वकप क्रिकेट छनोट : नेपाल स्कटल्याडसँग ४ विकेटले पराजित

काठमाडौँ । विश्वकप क्रिकेट छनोट अन्तर्गत आजभएको खेलमा नेपाल स्कटल्याण्डसँग ४ विकेटले पराजित भएको छ।

नेपालले दिएको १५० रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले ४१ ओभर ३ बलमा ६ विकेट गुमाउँदै पूरा गर्यो। स्कटल्याण्डको जितका लागि काइल कोएट्जरले सर्वाधिक ८८ रनको योगदान गरे भने म्याथ्यु क्रसले १४, क्रेग वालेसले १७, सीएस म्याकलियोडले १५, हेन्री जर्ज मुन्सेले १० तथा रिची बेरिंगटनले एक रन बनाए।

Advertisement

नेपालका लागि सन्दीप लामिछाने र वसन्त रेग्मी २-२ तथा ललित राजवंशीले दिपेन्द्रसिंह एेरीले समान १–१ विकेट लिए।

यसअघि स्कटल्याण्डविरुद्ध टस जितेर ब्याटिङ रोजेको नेपाललले स्कटल्याण्डसामु १५० रनको लक्ष्य प्रस्तुत गरेको थियो।

नेपालका लागि कप्तान पारस खड्काले ७५ बलमा १० चौकासहित ६३ रनको योगदान गरे। त्यस्तै गरी रोहितकुमार पौडेल १५ रन, सोमपाल कामी १८ रन, वसन्त रेग्मी (नटआउट) २४ रन बनाए। नेपालका लागि ६ जना ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

More News last news
Loading...