एक कुमारी युवती जो अचानक जुम्ल्याहा बच्चाकी आमा बनिन्

बीबीसी। आइतबार विहान जब सधैं झैं काममा निस्किएँ त्यतिबेला मलाइ थाहा थिएन की म दुई सन्तानकी आमा बनेर घर फर्किन्छु।

त्यो आइतबारको विहान थियो, त्यसैले अस्पताल चाँडै पुग्नुपर्ने थिएन्। म आरामसँग घरको काम गरिरहेकी थिएँ, त्यतिबेलै फोन आयो र भनियो इमर्जेन्सी केस आएको छ।

Advertisement

‘एक महिलालाई डेलिवरी गराउने पर्ने छ, किनभने उनको अवस्था निकै नाजुक छ।’ म तत्काल अस्पता पुगेँ र डेलिभरी गराएँ। महिलाले दुई छोरीलाई जन्म दिइन।

त्यसपछि म ग्लोब निकालेर हात धुँदै थिएँ, कसैले मसँग आएर भन्यो कि महिला छोरीलाई स्वीकार गर्न मानिरहेकी छैनन्।
मैले सो विषयमा सोध्दा उनले आफू विधवा भएको र आफ्ना पहिला नै दुई छोरी भएको बताइन्। उनको भनाइ थियो, एक्लैले चार छोरीको पालन पोशन गर्न संभव छैन।’ मानिसहरुले उनलाई धेरै सम्झाउने कोसिस गरे, तर उनी मानिनन्।

हामीहरु सोच्न थाल्यौं की अब यी बच्चीहरुको के हुन्छ? सबै मुखामुख गर्न थाले, त्यतिबेलै मैले निर्णय गरे, अब यी दुई बच्चीलाई म अपनाउँछु।

मैले धेरैबेर सोचिन। सोच्ने समय पनि थिएन। ठूली बच्चीको स्वास्थ्य खराव थियो। उनलाई ध्यान दिनु आवश्यक थियो। मैले ती महिलासँग बच्चा लिने अनुमतिपत्रका हस्ताक्षर गराएँ र दुवै बच्चीलाई अपनाएँ।

फर्रुदाबाद जस्तो सानो ठाउँमा मैले कुमारी युवतीले जुम्ल्याहा बच्चालाई अपनाएकी थिएँ। यो करिव दुई वर्ष पहिलाको कुरा हो। जब कोमलले भर्खर जागिर गर्न सुरु गरेकी थिइन्। बुदन्द सहरकी एक साधारण परिवारमा हुर्किएकी कोमलले त्यो बेला रिलेशनशिप र विवाहको विषयमा सोचेकी पनि थिइनन्।

काम बाहेक उनको दिमागका अरु केही थिएन पनि। यस्तोमा कोमललाई पनि थाहा थिएन की उनी अचानक दुई बच्चाकी आमा बन्ने छिन्। तर आज उनी आफ्नो उत्साहपूर्ण यो काहानी सुनाइरहेकी छन्। केही क्षणमै भावुक भएर कोमलले दुई बच्चीलाई अपनाइन् तर, अगाडिको यात्रा सजिलो भने छैन।

कोमलका बुवा आमा कोमलले दुई बच्चीलाई अपनाएको कुरा थाहा पाउने वित्तिकै रिसले चुर भए। उनका बुवाले त सिधै भने अब कोमलसँग कुनै सम्बन्ध छैन। तर, कोमलले पनि सिधा भनिन्, जो सुकै होस दुई बच्चीलाई कुनै पनि हालतमा छोड्न सक्छिन्।’

यसैबीच उनको सरुवा हिमाचल प्रदेशको हमीरपुरमा भयो। र दुवै बच्चीलाई लिएर कोमल हमीरपुर गइन्। त्यहाँ उनले भाडामा भएक कोठा लिइन्। केही दिन कोमलकी बहिनी आएर सँगै बसिन्। तर, पछि उनले दुवै बच्चीलाई एक्लै हुर्काइन्। कोमल यी दुई बच्चीलाई काजू र किशमिश भनेर बोलाउँथिन्। पछि उनीहरुको नाम रित र रिदम राखिन्।

मानिसहरु उनलाई इशाराले सोध्ने की यी बच्चा कसका हुन? कोमल भन्छिन्, ‘कसैले पनि सोझै सोधेनन्। उनीहरु सोध्थे श्रीमान कहाँ हुनुहुन्छ? के काम गर्नुहुन्छ। मैले पनि सिधै बताइदिन्थे की मेरो विवाह भएको छैन र यी दुई बच्चालाई मैले अपनाएकी हुँ।’

कोमलकी घरबेटी पनि सुरुमा काजू र किशमिशलाई लिएर सकारात्मक थिइनन्। तर विस्तारै उनीहरु माया गर्न थालेका थिए। योबीचमा कोमलकी आमा त सहमत भएकी थिइन्। तर बुवाको रिस अझै शान्त भएको थिएन।

बुवाको इच्छा यी दुई बच्चीलाई कुनै अनाथालयमा दिनु वा कुनै विवाहित जोडीलाई दिनु भन्ने थियो। तर, न त्यस्तो भयो न हुनेछ।

कोमलको परिवार र नातेदारले उनको विवाह हुने आशा मारिसकेका थिए। कोमल आफैं पनि दुई बच्चीलाई हुर्काउन यति व्यस्त थिइन् की अन्य कुरा सोेच्ने समय नै थिएन। तर भाग्यले अर्कै योजना बनाइरहेको थियो।

हमीरपुमा कोमलको भेट राहुल पराशरसँग भयो। राहुल टिम्बरको व्यापार गर्थे। र उनी पनि त्यही भवनमा बस्थे जहाँ कोमल बस्थिन्। दुवैबीच कुराकानी र दोस्ती भयो।

‘प्रेम नै भएको जस्तो छ केही पनि भएन। तर उहाँले मसँग विवाह गर्ने कुरा गर्नु भयो। मैले विवाहकालागि सहमति दिएँ तर मेरो शर्त थियो, काजू र किशमिस मसँगै बस्छन र म आफ्नो सन्तान पाउँदिन,’ कोमलले भनिन्।

यस्तो पनि होइन की राहुल र कोमलको परिवार त्यसकालागि सजिलै तयार भए। धेरै समस्या भयो, धेरै प्रश्न उत्तर भयो। राहुलकी आमा चिन्तित थिइन की मेरी बुहारी दुई छोरीलाई लिएर घर आउँदै छिन्। यद्यपी पछि सबै कुरा सामान्य भयो र विवाह पनि भयो,

अहिले कोमल चण्डीगढको एक अस्पतालमा काम गर्छिन र उनी आफ्ना श्रीमान र दुई छोरीसँगै बस्दै आएकी छन्। उनको विवाह भएको एक वर्ष भयो र काजू र किशमिश पनि भएक वर्षका भए।

कोमल हाँस्दै भन्छिन्, ‘ दुई छोरी राहुलसँग निकै नजिक हुन खोज्छन्। राहुल पनि यिनीहरुलाई धेरै माया गर्छन।’ अहिले पनि कोमलका सासू ससुरा कोमललाई एउटा बच्चा जन्माउन भन्छन्।

तर कोमलले सो कुरालाई अस्विकार गर्दै आएकी छन्। आफ्नालागि काजू र किशमिशनै सबै थोक भएको उनको बुझाइ छ।

सुरुवाती दिनमा कोमलले काजू र मिशमिशकी असली आमासँग कुरा गर्ने कोशिस गरिन् । तर सम्पर्क हुन सकेन र कानूनी रुपमा नै दुई बच्चीलाई अपनाइन्। कोमल कुरा गर्दागर्दै अचानक भावुक हुन्छिन् र भन्छिन्, ‘जब दुई बच्ची ठूली हुन्छन त्यतिबेला म भन्छु तिमीहरुले मलाइ अपनाएका हौ मैले होइन्…।’

More News last news
Loading...