देशको सुरक्षा ग्यारेन्टी भए परमाणु अस्त्र परित्याग गर्न उत्तर कोरिया तयार

बीबीसी । दक्षिण कोरियाले भनेको छ उत्तर कोरियाली नेता किम जोङ उनले उनको देशको सुरक्षाको ग्यारेन्टी हुने हो भने उनी परमाणुअस्त्र परित्याग गर्ने बारे छलफल गर्न तयार हुन सक्ने संकेत दिएका छन्।

नेता किम र एउटा दक्षिण कोरियाली प्रतिनिधिमण्डल बीच भएको बैठकपछि यो पछिल्लो गतिविधि भएको छ। उक्त प्रतिनिधिमण्डल हालै मात्र प्योंगयांगबाट फर्केको छ।

Advertisement

प्योंगयांगको विरलै हुने भ्रमणबाट फर्केका सउलका एकजना दूतले उत्तर र दक्षिण कोरियाका नेताहरुबीच आगामी महिना शिखर बैठकमा भेट हुने बताएका छन्।

सउलले भनेको छ उत्तर कोरिया अमेरिकासँग वार्ता गर्न इच्छुक रहेको र वार्ता हुँदा परमाणु अस्त्र र अन्य क्षेप्यास्त्रको परीक्षण रोक्न आफू तयार रहेको बताएको छ।

बीबीसी सम्वाददाता माइकल बिष्ट्रो भन्छन् दक्षिण कोरियाका अनुसार उत्तर कोरियाली नेता किम जोङ उन दक्षिणका राष्ट्रपति मुन जे इन सँग भेट गर्न सहमत भएका छन्।

उत्तर कोरिया अमेरिकासँग वार्ता गर्न इच्छुक रहेको पनि देखिएको छ। र वार्ताका बेला कुनै परमाणु अस्त्र र क्षेप्यास्त्र परीक्षण नगर्ने पनि उत्तरले जनाएको छ।

उत्तर कोरियाका नेता किम र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच एउटा शीर्ष भेट अर्को महिना दुई देशबीचको कडा सुरक्षायुक्त सीमाक्षेत्रमा हुँदैछ।

More News last news
Loading...