काठमाडौं। विश्वकप छनोटअन्तर्गत जिम्बाबेविरुद्धको खेलमा नेपाली बलर बसन्त रेग्मी चम्किएका छन् । अहिलेसम्म नेपालले तीन विकेट लिएकोमा सबै विकेट बसन्तले नै लिएका छन् । १५ औं ओभरको तेस्रो बलमा रेग्मीले आफ्नो र टिमको लागि पनि तेस्रो विकेट लिए ।
रेग्मीले तीनै जना ब्याट्सम्यानलाई फरक फरक किसिमले आउट गरे । पहिलो विकेटको रुपमा उनले जिम्बाबेका ओपनर सेफस झुवाओलाई आठौं ओभरको पहिलो बलमा एलबीडब्लु आउट गरेका थिए । दोस्रो विकेटको रुपमा १३ औं ओभरको पाँचौं बलमा जिम्बाबेमा ह्यामिल्टन मासाकाद्जालाई आफ्नै बलमा आफैं क्याच आउट गरे । लगत्तै १५ औं ओभरको तेस्रो बलमा उनले ओपनर सोलोमोन मिरेलाई दिलिप नाथको हातबाट स्टम्प आउट गराए । १५ ओभरको खेल सकिँदासम्म जिम्बाबेले ३ विकेटको क्षतिमा ११३ रन बनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
