आफ्नै मञ्चमा मह जोडी अलपत्र !

काठमाडौँ । मह सञ्चारको ब्यानरमा निर्माण भएको चलचित्र ‘शत्रु गते’को ट्रेलर सार्वजनिक भएको छ।

ललितपुरको कुपण्डोलस्थित ब्रिक्स क्याफेमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले चलचित्रको ट्रेलर सार्वजनिक गर्यो। चलचित्रको नाम शत्रुगते भएपनि ट्रेलर सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलन हेर्दा कुनै जात्राको झल्को आउथ्योँ। कार्यक्रमको आयोजनास्थलदेखि व्यवस्थापनसम्म सबै भद्रगोल देखिन्थोँ। कार्यक्रमको सञ्चालन चलचित्र निर्देशक प्रदिप भट्टराईले गरेका थिए। यसअघि चलचित्र जात्रा निर्देशन गरेर होला शत्रुगतेको ट्रेलर कार्यक्रममा पनि उनले जात्रा कै याद झल्काए।

Advertisement

कार्यक्रममा कुन कलाकारलाई कुन स्थानमा राख्ने भन्ने बारे नै उनी अनविज्ञ देखिन्थे। स्ट्रेजमा उनीसँगै निर्माता किरण केही, नायिका आँचल शर्मा मात्र उभिएका थिए। कार्यक्रम सकिनै लागेका बेला झुल्कीएका चलचित्रका नायक पल शाहले पनि स्टेजमा उभिने अवसर पाए। तर कार्यक्रम अगाडि नै पुगेका बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई भने कार्यक्रममा वास्तै गरिएन्। न त स्टेजमा नै बोलाइयो।

कार्यक्रमको अन्तमा पुगेका पललाई स्टेजमा आमन्त्रण गरिदा मह जोडीलाई भने वास्तै गरिएको देखिएन्। निर्देशक प्रदिप, आँचल, पल र किरण क्यामेराले घेरिदा वरिष्ठ कलाकारलाई भने पत्रकारको पछाडि उभ्याइएको थियो, मानौँ उनीहरु कोही अपरिचित व्यक्ति हुन्। कार्यक्रम सञ्चालकले चलचित्र शत्रु गतेका बारेमा छोटो परिचय दिएर ट्रेलर देखाएका थिए। तर दुर्भाग्य सबै भन्दा पछाडि बसेका मह जोडीले भने आफ्नै ब्यानरमा निर्माण भएको तथा अभिनय गरेको चलचित्रको ट्रेलर समेत राम्रोसँग देख्न पाएनन्। बरिष्ठ कलाकार तथा शत्रु गतेमै अभिनय रहेको हिसाबले मह जोडीलाई प्राथमिकतामा राखेर केही कुरा बोल्न दिनु पथ्र्यो तर कार्यक्रम सञ्चालक र व्यवस्थापकले त्यो आवश्यक ठानेनन्। यदी समयको अभावले पहिलै मह जोडीले स्टेजमा नबोलाउन सुझाएका थिए भने पनि कार्यक्रममा पुगिसकेका चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका कलाकारलाई नै पछाडि राखेर ट्रेलर सार्वजनिक गर्नुले कार्यक्रमको सोभा नै घटाएको थियो।

हुन त पत्रकार सम्मेलनको आयोजना ट्रेलर देखाउन गरिएको थियो। तर ट्रेलर सार्वजनिक सँगसँगै चलचित्रका मुख्य कलाकारको धारणा पनि उक्त सम्मेलनमा सार्वजनिक हुन जरुरी थियो। त्यसमा पनि झनै चलचित्रका मुख्य कलाकार, अझ भनौँ देशकै वरिष्ठ कलाकार । उनै कलाकारलाई ओझेलमा पारेर कार्यक्रमको आयोजना गर्नु चलचित्रको सोभा घट्नु मात्र नभइ कला क्षेत्रकै बेइज्जत गरे जस्तै हो। तर कार्यक्रम व्यवस्थापकको भनौँ वा सञ्चालनको कमजोरी, कार्यक्रममा सहभागी हुन आएका मुख्य कलाकारलाई नै कार्यक्रमले पहिलै ओझेलमा पारेको भान हुन्थोँ। कार्यक्रममा सबै कलाकारको उपस्थिती नभएपनि उपस्थित भएका कलाकारलाई अगाडि राखेर ट्रेलर सार्वजनिक गर्दा कार्यक्रमको सोभा अझै बढ्ने थियो।

चलचित्रमा सबै कलाकारको महत्वपूर्ण भूमिका हुन्छ। त्यसैले टेलर सार्वजनिक कार्यक्रममा जुनियर कलाकारलाई प्राथमिकता दिएर ठूलो गल्ति भयो भन्न खोजिएको भने पक्कै हैन। तर जुनियर कलाकारलाई प्राथमिकता दिदा सिनियर कलाकारलाई वास्तै नगर्नु भने कार्यक्रम पक्षको कमजोरी नै हो।

त्यती मात्रै हैन टेलर सार्वजनिक कार्यक्रममा अन्य कमजोरी पनि प्रस्ट झल्किएका थिए। प्राविधिकदेखि स्थान छनौटसम्म पनि व्यवस्थापकको ध्यान पुग्न नसकेको कार्यक्रममा देख्दा प्रष्ट हुन्थोँ।

चलचित्र निर्माण गर्न राम्रो मेहनत र खर्च चाहिन्छ। तर त्यसरी निर्माण गरेको चलचित्रको ट्रेलर सार्वजनिक तथा प्रचार गर्दा थोरै कुरामा ध्यान दिने हो भने पनि चलचित्र प्रतिको लगाव झनै बढ्छ। तर सानासाना कुरालाई वेवास्ता गर्दा चलचित्र निर्माणको मेहनत र लगानी संकटमा पर्न सक्छ। त्यसैले आयोजक टिमले यस कार्यक्रमबाट पाठ सिकेर आगामी कार्यक्रममा सुधार गर्ने की ?

More News last news
Loading...