स्याङ्जाका थापा बने नरदेवी आयुर्वेद चिकित्सालयकाे अध्यक्ष 

काठमाडौ । नरदेवी आयुर्वेद चिकित्सालयकाे अध्यक्षमा सुरेश थापा नियुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साउन २ गतेकाे मन्त्रीस्तरीय निर्णय अनुसार थापा अध्यक्ष पदमा नियुक्त भएका हुन् ।

Advertisement

लामाे समयदेखि नेपाली काँग्रेसमा आवद्व रहेका थापा नेपाल आयुर्वेद औषधि व्यवसायी संघ केन्द्रीय पुर्व अध्यक्ष तथा हाल केन्द्रीय कार्यसमिति सल्लाहकार समेत रहेका छन् ।

स्याङ्जा स्थायी घर भएका थापाले २०४१ सालमा नेविसंघकाे जिल्ला सदस्यबाट विधार्थी राजनीतिमा प्रवेश गरेका थिए । लामाे राजनीति अनुभव बटुलेका थापाले बिशेषगरी आयुर्वेदकाे क्षेत्रमा काम गरेकाे अनुभव छ ।

More News last news
Loading...