काठमाडौँ । ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्माता विनोद पौडेलले दुईवटा चलचित्र निर्माणको घोषणा गर्ने तयारी गरेका छन् । उनले एकै दिन दुईवटा चलचित्र निर्माणको घोषणा गर्न लागेका हुन् ।
‘पूर्ण बहादुरको सारङ्गी’ व्यापारिक रूपमा सफल भएपछि निर्माता पौडेलले आज ‘सक्सेस पार्टी’ आयोजना गरेका छन् । सोही अवसरमा उनले दुईवटा नयाँ चलचित्र निर्माणको घोषणा गर्न लागेका हुन् ।
उनले ‘पूर्ण बहादुरको सारङ्गी–२’ र ‘रोलनम्बर १’ घोषणा गर्न लागेको स्रोतले बताएको छ । ‘पूर्ण बहादुरको सारङ्गी–२’ विसं. २०८२ मा र ‘रोलनम्बर १’ २०८३ मा रिलिज गर्ने तयारी छ ।
एक करोड ३० लाखमा निर्माण भएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपाली बक्सअफिसबाट मात्रै करिब ५० करोड रुपैयाँ ग्रसकलेक्सन गरेको थियो । यसको सफलतापछि निर्माता पौडेलले यसको सिक्वेल बनाउने भएका हुन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
