चार महिनामा मात्रै नेपाल भित्रियो साढे ८ करोड रुपैयाँको कण्डम

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को चार महिनाको अवधिमा विदेशबाट एक करोडभन्दा बढी कण्डम आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि कार्तिक महिनासम्मको अवधिमा १ करोड २३ लाख ५० हजार वटा कण्डम भित्रिएको हो ।

यो संख्यामा कण्डम आयात हुँदा नेपालबाट ८ करोड ७४ लाख ८१ हजार रुपैयाँ बाहिरिएको छ । यस्तै, उक्त मूल्य बराबरको कण्डम भित्रिँदा राज्य कोषमा २ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

Advertisement

नेपालमा सबैभन्दा बढी कण्डम भारतबाट आयात हुने गरेको छ । चीन, जापान, केरियालगायत मुलुकबाट पनि कण्डम आयात हुने गरेको छ।

More News last news
Loading...