काम गरेर देखाउन नसकेसम्म खादामाला नलाउने प्रदीप पौडेलको घोषणा

काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले फूलमाला र खादा लगाउन अस्वीकार गरेका छन् । मन्त्रालयमा कर्मचारीले उनको स्वागतमा सबै तयारी गरे पनि उनले खादामाला लगाउन नमानेका हुन् ।

नेपाली कांग्रेसका युवा नेता पौडेल पहिलो पटक सरकारमा गएका हुन् । उनी काठमाडौँ ५ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुन् ।
उनले स्वास्थ्य मन्त्रालयमा रहेर काम गरेर देखाउन नसकेसम्म कतैपनि माला र खादा नलगाउने घोषणा गरेका छन् ।

Advertisement

More News last news
Loading...