टिकटक प्रतिबन्धविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा

काठमाडौं । टिकटक प्रतिबन्धविरुद्धको रिट हेर्न नभ्याउनेको सूचीमा राखिएको छ । सर्वोच्च अदालतमा आजबाट पूर्ण सुनुवाइ हुने भनिए पनि न्यायाधीशद्वय सुष्मालता माथेमा र विनोद शर्माको इजलासले ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो ।

गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटकबाट सामाजिक सद्भाव भड्किन लागेको भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

Advertisement

सरकारको उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु स्वागत नेपाल, त्रिलोक बहादुर चन्द, डा.सुनिल रंजन सिंह लगायतले सर्वोच्च अदालतमा १४ वटा रिट दायर गरेका थिए ।

ती रिटमाथि मंसिर ५ गते भएको सुनुवाइ गर्दै न्यायाधीश विनोद शर्माको इजलासले मंसिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश गरेको थियो ।

More News last news
Loading...