एमालेले भूकम्प प्रभावित क्षेत्रमा एक हजार स्वयंसेवक परिचालन गर्ने

काठमाडौं । नेकपा (एमाले)ले जाजरकोट केन्द्र भाग भएर गएको भूकम्प प्रभावित क्षेत्रमा एक हजार स्वयंसेवक परिचालन गर्ने भएको छ ।

बुधबार पार्टी केन्द्रिय कार्यालयमा च्यासलमा बसेको पार्टीको केन्द्रिय सचिवालय बैठकले आगामी मंसीर १ गतेदेखि एक हजार स्वयंसेवक परिचालन गरी हजारौं अस्थायी घर टहरा भूकम्प पीडितलाई हस्तान्तरण गर्ने निर्णय गरेको हो ।

Advertisement

उनीहरुले करोडौं मूल्य बराबरको श्रमदान गर्नेगरी सो कामको संयोजन भने जिम्मेवारी भने पार्टीको कर्णाली प्रदेश कमिटीलाई दिने निर्णय पनि गरिएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली जानकारी दिनुभयो।

त्यसैगरी एमालेले राहत वितरणको कामलाई पारदर्शी, निष्पक्ष र प्रभावकारी बनाउन पनि सरकारलाई सचेत गराएको छ । राहत वितरणमा राजनीतिककरण भइरहेको निष्कर्ष निकाल्दै एमालेले त्यसो नगर्न पनि सरकारलाई भनेको उपमहासचिव ज्ञवालीले बताउनुभयो ।

एमालेले विपद्का बेला भूकम्प प्रभावित क्षेत्रलाई सेल्फी खिच्ने ठाउँको जस्तो व्यवहार नगर्न पनि सम्बन्धित व्यक्ति तथा पक्षलाई सचेत गराएको छ ।

More News last news
Loading...