पोखरा । भूकम्पपीडितको राहतका लागि चीन सरकारले दिएको सहयोग सामग्रीसहित चिनियाँ जहाज पोखरामा अवतरण भएको छ । आज बिहान चिनियाँ सेनाका दुई जहाज राहत सामग्रीसहित पोखरा विमानस्थलमा अवतरण भएका हुन् ।
यहाँबाट जाजरकोट भने नेपाली एयरलाइन्स कम्पनीले कर्णाली लैजाने भएको छ । चिनियाँ राजदूत छन सोङले आज उक्त समान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गर्नेछन् ।
चीनले १० करोड बराबरको सामग्री सहयोग गर्ने घोषणा यसअघि नै गरेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
