नेपाललाई १० करोड बराबरको राहत सामग्री दिने चीनको घोषणा

काठमाडौं । चीनले जाजरकोट भूकम्प प्रभावितहरुका लागि १० करोड रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ ।

नेपालस्थित चिनियाँ दूतावासका अनुसार भूकम्पपछिको पहिलो चरणको सहयोगका रुपमा १०० मिलियन मूल्य बराबरको पाल र ब्ल्यांकेट लगायतका सामग्री उपलब्ध गराउने घोषणा गरेको हो।

Advertisement

नेपालका लागि चिनियाँ राजदूत चेन सोङले पहिलो आपतकालीन सहायताको रूपमा चीनले भूकम्प प्रभावित क्षेत्रलाई उपलब्ध गराउने सबै सामग्री एक–दुई दिनमा आइपुग्ने जानकारी दिएका छन् । ‘थप सहायता सामग्रीहरू बाटोमा छन्,’ उनले सामाजिक सञ्जाल एक्समार्फत भनेका छन् ।

More News last news
Loading...