काठमाडाैं | सरकारले संसद्को बजेट अधिवेशन बिहीवार मध्यरातिदेखि अन्त्य गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीवार बिहान बसेको बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको हो ।
मध्यराति १२ बजेदेखि अधिवेशन अन्त्य गर्ने निर्णय भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले जानकारी दिए ।
प्रतिनिधिसभाको बिहीवार नै बस्ने बैठकमा दलका नेताहरूले अधिवेशन समापन मन्तव्य राख्ने भएका छन् । बर्खे अधिवेशनको रुपले चिनिने संसद्को बजेट अधिवेशन गत बैशाख २४ गते शुरू भएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
