संविधान दिवसको अवसरमा विभूषण वितरण नगर्ने सरकारको निर्णय

काठमाण्डाै । सरकारले यस वर्ष संविधान दिवसको अवसरमा विभूषण वितरण नगर्ने भएको छ । आज शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिबाट प्रदान गर्दै आएको विभूषण वितरण कार्यलाई मर्यादित एवम् थप व्यवस्थित बनाउन कार्यदल गठन गर्ने निर्णयसहित विभूषण वितरण कार्य स्थगित गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनकारी दिनुभयो ।

विभूषणको गरिमा बढाई राष्ट्रको सम्मानको रूपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानुनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्ने गरी कार्यदल गठन गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताउनुभयो ।

Advertisement

यस्तै बैठकले नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० स्वीकृत गर्ने, कर प्रणालीको सुधारका लागि पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा समिति गठन गर्ने, साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार महसुल छुट गरी १०–१० हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिने, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पीडितको न्यायिक समस्या स्थायी रूपमा समाधानका लगि अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्ने लगायतका निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

More News last news
Loading...