काठमाडाैं | पाल्पाको रिब्दिकोट गाउँपालिका-२ जोर्तेमा पहिरोले जीप पुरिँदा ३ जनाको मृत्यु भएको छ ।
गुल्मीको तम्घासबाट बुटवल आउँदै गरेको लु १ ज ४६०० नम्बरको जीप जोर्तेस्थित पहिरोमा पुरिँदा तीन जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डीएसपी विरेन्द्र थापाले जानकारी दिए।
उनका अनुसार ज्यान गुमाउने एक महिला र दुई परुष छन् । उनीहरूको सनाखत हुन बाँकी रहेको उनले बताए ।दुर्घटनामा आठ जना घाइते भएका छन् ।
उनीहरूलाई उपचारका लागि नजिकैका अस्पतालमा पठाइएको उनले बताए । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको जीप बिहान साढे ८ बजे पहिरोले च्यापिएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
