काठमाडौं । दाङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुशील वैद्यलाई जिम्मेवारीबाट हटाइएको छ । ललिता निवास प्रकरणमा नाम मुछिएपछि उनलाई गृह मन्त्रालयले जिम्मेवारीबाट हटाएको हो।
वैद्यलाई गृहको अतिरिक्त समूहमा तानिएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । उनीमाथि लागेको आरोपबारे छानबिन गर्न सजिलो होस् भनेर वैद्यलाई गृह मन्त्रालय तानिएको हो।
वैद्य भूमि सुधार मन्त्रालयमा हुँदा ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने प्रक्रियामा सहभागी भएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को प्रतिवेदनमा उल्लेख छ। ललिता निवास जग्गा प्रकरणमा सिआइबीले बैद्यलाई फरार सूचीमा रोखेको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
