३ नेपालीसहित ६ जना सगरमाथाको चुचुरोमा, २६औँ पटक सगरमाथा चढेका पासाङदावाको कीर्तिमान

सोलुखुम्बु । ३ नेपालीसहित ६ जनाले सगरमाथाको आरोहण गरेका छन् । आज बिहान पौने ९ बजे ३ नेपाली र ३ विदेशी गरी ६ जना आरोहीले सगरमाथाको आरोहण गरेका हुन्। पहिलो आरोहणबाट नेपाली आरोही पासाङदावाले २६औँ पटक सगरमाथा चढेर कीर्तिमान राख्नु भएको छ।

खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ४ पाङबोचेका पासाङदावा शेर्पाले २६औँ पटक सगरमाथाको शिखर चुम्नु भएको हो । त्यस्तै, आज सफल आरोहण गर्नेमा खुम्बु पासाङल्हामु ५ थामेका पासाङतेम्बा शेर्पा र त्यही गाउँका आङङिमा शेर्पा रहेका सगरमाथा प्रदूषण नियन्त्रण समिति ९एसपीसीसी० का अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिनुभयो।

Advertisement

यस्तै, पहिलो आरोहणबाटै पाकिस्तानका नागरिक माइली तानी, अमेरिकाकी जेसिका र हङ्गेरीका मटन टि सेर्सले पनि सगरमाथाको आरोहण गरेका छन् । यो वसन्त ऋतुको पहिलो सफल आरोहण हो ।

वसन्त ऋतुको यो यामको सगरमाथा आरोहण हिजोदेखि सुरु भएको थियो । सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर) ले सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो ।

अहिले आधार शिविरभन्दा माथि सयौँको सङ्ख्यामा आरोहीहरु चुचुरोतर्फ लागेका छन् । आरोहणको ७० वर्षे इतिहासमा पहिलो पटक सगरमाथामा धेरै आरोहीले आरोहण अनुमति लिएका छन् ।

More News last news
Loading...