सुन प्रकरणमा पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । जिल्ला अदालत काठमाडौंले एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरुलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुन तस्करी प्रकरणमा पक्राउ परेका १८ जनालाई सोमबार जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेका अनुसार जिल्ला अदालतले उनीहरुलाई ७ दिन हिरासतमा राख्न अनुमति दिनुभएको हो । यसअघि सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको थियो।

Advertisement

त्यसैले थुनुवाहरुलाई हिरासतमा राख्ने अनुमति उच्च अदालत पाटनबाट लिइएको थियो । आइतबार राजस्व अनुसन्धान विभागले अनुसन्धानको जिम्मा नेपाल प्रहरीलाई लगाएपछि थुनुवाहरुको म्याद जिल्ला अदालतको अनुमतिमा थप गरिएको हो।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन २ साउनमा राजस्व अनुसन्धान विभागले सिनामंगल क्षेत्रबाट बरामद गरेको थियो।

More News last news
Loading...