काठमाडौं l जनता समाजवादी पार्टी, नेपालले कुमार लिङ्देन नेतृत्वको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई पार्टी एकताको प्रस्ताव गर्दै पत्र पठाएको छ।
सोमबार पार्टीको तर्फबाट वार्ता समितिका संयोजक रहेका नेता राजेन्द्र श्रेष्ठद्वारा प्रेषित पत्रमा ‘देशले आज श्रमजीवी तथा उत्पीडित समुदायको प्रतिनिधित्व गर्ने पार्टीहरुबीच एकता खोजिरहेको छ। एकताले देशमा परिवर्तनकारी राजनीतिक एजेण्डाहरु स्थापित गर्न, देशलाई अग्रगमन तर्फ डोर्याउन र उत्पीडित वर्ग तथा पछाडि परेका महिला, मुस्लिम, आदिवासी जनजाति, मधेसी, खस, थारु, शिल्पी÷दलित, अल्पसंख्यक तथा सिमान्तकृत समुदायका अधिकार सुनिश्चित गर्न तथा देशको प्रतिकूल राजनीतिक शक्ति सन्तुलनलाई अनुकुल बनाउन सकिने’ उल्लेख गरिएको छ।
‘पार्टी एकताको लागि विचारधारात्मक र संगठनात्मक विषयमा वार्ता एवम् छलफल गर्नका लागि हामी तपाईको पार्टीसँग हार्दिकतासाथ प्रस्ताव अगाडि बढाउन चाहन्छौ’ पत्रमा भनिएको छ।
जसपाले नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति, राष्ट्रिय जनमुक्ति लगायतका दलहरुसँग पनि एकताको पहल गरिरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
