घनश्याम भुसाललाई छिट्टै पार्टीमा आवद्ध हुन आग्रह

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले एमाले परित्याग गर्नुभएका नेता घनश्याम भुसाललाई छिट्टै पार्टीमा आवद्ध हुन आग्रह गरेको छ। एकता वार्ता समितिका संयोजक समेत रहनुभएका पार्टी महासचिव बेदुराम भुसालले मंगलबार पठाएको जवाफी पत्रमा छिट्टै आवद्ध हुन आग्रह गरिएको छ ।

नेकपा (एमाले) छाडेर रुपन्देही-१ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार बन्नुभएका भुसालले एकीकृत समाजवादी प्रवेशका लागि प्रस्ताव पठाउनु भएको थियो । एकीकृत समाजवादीले उहाँलाई पार्टीमा आउन स्वागतसहितको पत्र पठाएको हो ।

Advertisement

अब भुसलालाई छिट्टै पार्टीमा स्वागत गरिने नेताहरूको भनाइ छ । महासचिवको दाबी गरिरहेका भुसाललाई उहाँको इतिहासको उच्चतम मूल्यांकन गर्दै पार्टीमा सम्मानजन र महत्वपूर्ण जिम्मेवारी दिन समाजवादी सकारात्मक छ । भुसाललाई सुरुमा सचिवालय सदस्यको जिम्मेवारीमा ल्याइने बुझिएको छ ।

More News last news
Loading...