काठमाडौं । सर्वदलीय बैठकले संघीय संसदको अधिवेशन सुरु भएको दिन दलका नेताहरुले सम्बोधन गर्ने कार्यतालिका तय गरेको छ। २५ पुसबाट सुरु हुने अधिवेशनको कार्यतालिका तय गर्न शुक्रबार बसेको सर्वदलीय बैठकले पहिलो दिन दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रह अनुसार २६ पुसमा विश्वासको मत लिने व्यवस्था गर्ने पनि बैठकले निर्णय गरेको छ । केही दिनअघि प्रधानमन्त्री प्रचण्डले २६ पुसमा बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने व्यवस्था मिलाउन संघीय संसद सचिवालयलाई पत्राचार गरेका थिए।
सोहीअनुसार सर्वदलीय बैठकले २६ पुसमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने बैठकको कार्यसूचीमा राख्ने निर्णय गरेको हो। १० पुसमा प्रधानमन्त्रीमा नियुक्त प्रचण्डले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
जसअनुसार प्रधानमन्त्री प्रचण्डले २६ पुसमा बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने भएका हुन्। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको आह्वानमा शुक्रबार सर्वदलीय बैठक बसेको हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
